पाङ्बारी हिमालमा फसेका एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी « Khabarhub

पाङ्बारी हिमालमा फसेका एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको पाङ्बारी हिमालमा पाँचदिनदेखि फसेका तीन इटालीका नागरिकमध्ये एक जनाको उद्धार भएको छ भने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पाँच हजार मिटर उचाइमा अवस्थित आधार शिविरमा रहेका ६५ वर्षका भेल्टर परलिनोको आज बिहान १० बजे हेलिकप्टरमार्फत उद्धार गरी चुमनुब्री–१ साम्दोमा ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनको साथमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए ।

तर ५५०० मिटर उचाइमा अवस्थित क्याम्प–१ मा रहेका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

तीन इटालीका आरोही र तीन नेपाली सहयोगी गत बुधबारदेखि पाङ्बारी हिमालको आधार शिविरमा फसेका थिए । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ४३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास