कमेडियन कैलाशले ल्याए नेपालको पहिलो इम्प्रभ कमेडी कार्यक्रम ‘द फन टूस शो’ « Khabarhub

कमेडियन कैलाशले ल्याए नेपालको पहिलो इम्प्रभ कमेडी कार्यक्रम ‘द फन टूस शो’


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम ‘फन टूस शो’ (The Fun2ss Show) ल्याएका छन् । उनको यो शो इम्प्रभ कमेडी विधामा आधारित रहेको छ ।

एम्प्रभ कमेडी नेपालका लागि नौलो हो । ‘अनस्क्रिप्टडेट’ प्रस्तुती यो शोको प्रमुख विशेषता हो ।

नेपालमा नयाँ विधाको कमेडी परिचित गराउने उद्देश्यले उक्त शो ल्याएको शोका निर्देशक कैलाशको दाबी छ ।

उनले भने, ‘मेरो उद्देश्य नै दर्शकलाई नयाँ विधाको कमेडीबारे जानकार गराउनु हो । हाँस्य कलाकार भएकाले यो मेरो जिम्मेवारी पनि हो ।’

यो कार्यक्रमको पहिलो एपिसोड शनिबार साँझ सार्वजनिक भएको छ । हिल्स एण्ड होराइजन फिल्म्स प्रा‍.लि‍को प्रस्तुतीमा बनेको यो शो हरेक शनिबार युट्युब च्यानल ओएसआर रियालिटीबाट कार्यक्रम सार्वजनिक हुने उनले जनाए ।

अर्का केमिडियन सन्तोष थापा यो कार्यक्रममा प्रस्तोताको भूमिकामा रहेका छन् ।

कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।

यो शोलाई तीन सिल्भर, गोलड र डाइमन्ड गरी तीन राउन्ड विभिाजन गरिएको छ । प्रत्येक राउन्डमा ६ एपिसोड रहने, एलिमिनेसन तथा वाइल्डकार्ड प्रणाली लागु हुने निर्देशक कार्कीले बताए ।

२० औं एपिसोडको एक जनालाई विजेता घोषणा गरिनेछ। विजेतालाई नगद र विभिन्न पुरस्कार जित्नेछन् ।

कार्यक्रमको पहिलो एपिसोड :

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : १९ बजे

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा

सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा 

काठमाडौं– राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र

सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस्

काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी