३० अंकले बढ्यो नेप्से, २०५ वटा कम्पनीको बढ्यो सेयर मूल्य « Khabarhub

३० अंकले बढ्यो नेप्से, २०५ वटा कम्पनीको बढ्यो सेयर मूल्य


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबारको आज पहिलो दिन अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । आइतबार नेप्सेमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार हुँदा ३०.७५ अंकले नेप्से बढेको हो ।

नेप्सेमा आज कारोबार भएकामध्ये २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा र ४२ वटा कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक २६३१.१४ बिन्दुमा पुगेको छ । तर, आज ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने खानीखोला हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा व्यापार समूहको उपसूचक बाहेक सबै उपसूचक हरियाली बनेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : १५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते