रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो « Khabarhub

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति विश्वास गर्न नसकिने उदाहरण यस पटक बनेको बताएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि डाकिएको संसद् बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् ।

सम्बोधनका क्रममा ओलीले रास्वपाले सुरूबाटै आफूहरूलाई सघाउने बचन दिएर अन्तितममा धोका दिएको बताइन् । उनले राप्रपालाई सघाउने भनिसकेर अन्तिममा अर्कै उम्मेदवार (श्रमसंस्कृतिकी रूबीकुमारी ठाकुर) लाई उपसभामुखका समर्थन गरेको भन्दै असन्तुष्टि जनाइन्।

उपसभामुख पदका लागि राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुर उम्मेदवार छन्। यस्तोमा राप्रपा उम्मेदवार लामाको पक्षमा समर्थन व्यक्त गर्दै ओलीले रास्वपाप्रति रोष प्रकट गरेकी हुन् । यसअघि सुरूमा खुश्वु नै राप्रपाबाट उपसभामुखको उम्मेदवार बन्ने चर्चा थियो ।

रास्वपा सभापति रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता दिएकै कारण राप्रपाले उम्मेदवारी दर्ता गराएको पनि उनले उल्लेख गरिन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उदाउँदै गरेको राजनीतिक यात्रामै आफ्नै शब्द र प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने नजीर प्रस्तुत गरेको छ’, धोका पाएको बताउँदै उनले भनिन्, ‘रास्वपाले सुरूमै पुरानै दलको प्रवृत्ति देखाएको छ ।’

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : १६ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न