मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै | Khabarhub Khabarhub

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने (कागबेनी–छुसाङ) नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ । 

शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । 

उनका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा फसेका झण्डै ३५० भन्दाबढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

‘छुसाङमा कति सङ्ख्यामा सवारीसाधन अड्किएका छन् भनी प्रहरीचौकी कागबेनीलाई विवरण सङ्कलन गर्न भनेका छौँ, जीप, कार, मोटरसाइकल र मालवाहक गरी ३५० भन्दाबढी साधन अड्किएको भन्ने छ, छुसाङमा रोकिएका सबै सवारीसाधन जोमसोम झर्दै गरेका छन्’, उनले भने । 

कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको लामाले उल्लेख गरे ।

‘अहिले चैलेमा समस्या छ, त्यहाँ पर्खाल निर्माण गरी फिलिङ गरिएको करिब ३५ मिटर सडक पहिरोले भासिएको छ, आज साँझसम्ममा सडक मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको छ’, उनले भने । चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली त्यसतर्फ आइसकेको उनको भनाइ छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ०६ बजे

आम्दा अस्पताल : दश वर्षमा ९ लाख बढीलाई स्वास्थ्य सेवा

लुम्बिनी– बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

काठमाडौं – हालको राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच