लोकमार्ग कालोपत्र नभएपछि स्थानीयद्वारा ध्यानाकर्षण « Khabarhub

लोकमार्ग कालोपत्र नभएपछि स्थानीयद्वारा ध्यानाकर्षण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गलकोट– निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । 

निमार्णाधीन सडक अलपत्र हुँदा आसपासका क्षेत्रमा ढुङ्गा, कङ्क्रिटका कारण खेतीपाती हुन छोडेको, सुन्तलाखेती नभएको र धुलोका कारण स्वास्थ्य बिग्रिएको बताउँदै स्थानीयले आज बागलुङका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले ठेकेदारले तत्कालै काम नगरे आगामी मङ्सिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी दिएका छन् । दुई वर्षमा कालोपत्र भइसक्ने लोकमार्गको बागलुङ खण्डअन्तर्गत २६ किलोमिटर नौ वर्षसम्म पनि १२ कालोपत्र हुन सकेको छैन ।

लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधे खण्डको २६ किमी सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको नौ वर्षसम्म पनि अलपत्र बनेको छ । 

बिहुँ खण्डको १३ किमी सडक पाँच पटक म्याद थप्दा कालोपत्र नभएपछि ठेक्का रद्द गरेर नयाँ सम्झौता गरिएको थियो । नयाँ ठेक्का सम्झौता गरेको एक वर्ष बित्दा भौतिक प्रगति १२ प्रतिशत मात्रै भएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् । 

बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले आज प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण गराउँदै तत्काल काम अघि बढाउन आग्रह गरिएको गराइएको स्थानीय भरतप्रसाद सापकोटाले बताए । 

लोकमार्ग आयोजना कार्यालय पर्वत र निर्माण व्यवसायीले स्थानीयको माग अटेर गरेका भन्दै समस्या समाधानका लागि आग्रह गरिएको उनको भनाइ छ ।

काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडाध्यक्ष बृहस्पति कँडेलको नेतृत्वमा जिल्ला प्रशासन पुगेको स्थानीयको टोलीले मध्यपहाडी लोकमार्गको तत्कालै काम सुरु नभए आगामी मङ्सिर १ गतेदेखि बागलुङको बिहुँ खण्ड पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् । 

स्थानीयसहित पुगेको टोलीले सडक बन्दको चेतावनीसहित जिल्ला प्रशासन कार्यालयमा चारबुँदे ध्यानाकर्षण पत्र बुझाएको वडाध्यक्ष कँडेलले बताए ।

मङ्सिरसम्म जिल्ला प्रशासन कार्यालय, मध्यपहाडी लोकमार्ग र निर्माण व्यवसायीबीच बैठक बसेर काम अघि बढाउन पहल गर्ने प्रजिअ गुरुङले प्रतिबद्धता जनाए । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४० किमीमध्ये सबै सडक कालोपत्र सकिँदा बिहुँ खण्डको १२ किमी अलपत्र बनेको हो । 

बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक आठ वर्षमा पनि कालोपत्र नभएपछि ठेक्का तोडेर विसं २०८१ असार २१ गते दुई वर्षमा काम सक्नेगरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको हालसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्रै भएकाले बिहुँवासीले चेतावनी दिएका खिमानन्द कँडेलले उल्लेख गरे ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : २६ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५