लोकमार्ग कालोपत्र नभएपछि स्थानीयद्वारा ध्यानाकर्षण « Khabarhub

लोकमार्ग कालोपत्र नभएपछि स्थानीयद्वारा ध्यानाकर्षण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गलकोट– निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । 

निमार्णाधीन सडक अलपत्र हुँदा आसपासका क्षेत्रमा ढुङ्गा, कङ्क्रिटका कारण खेतीपाती हुन छोडेको, सुन्तलाखेती नभएको र धुलोका कारण स्वास्थ्य बिग्रिएको बताउँदै स्थानीयले आज बागलुङका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले ठेकेदारले तत्कालै काम नगरे आगामी मङ्सिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी दिएका छन् । दुई वर्षमा कालोपत्र भइसक्ने लोकमार्गको बागलुङ खण्डअन्तर्गत २६ किलोमिटर नौ वर्षसम्म पनि १२ कालोपत्र हुन सकेको छैन ।

लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधे खण्डको २६ किमी सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको नौ वर्षसम्म पनि अलपत्र बनेको छ । 

बिहुँ खण्डको १३ किमी सडक पाँच पटक म्याद थप्दा कालोपत्र नभएपछि ठेक्का रद्द गरेर नयाँ सम्झौता गरिएको थियो । नयाँ ठेक्का सम्झौता गरेको एक वर्ष बित्दा भौतिक प्रगति १२ प्रतिशत मात्रै भएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् । 

बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले आज प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण गराउँदै तत्काल काम अघि बढाउन आग्रह गरिएको गराइएको स्थानीय भरतप्रसाद सापकोटाले बताए । 

लोकमार्ग आयोजना कार्यालय पर्वत र निर्माण व्यवसायीले स्थानीयको माग अटेर गरेका भन्दै समस्या समाधानका लागि आग्रह गरिएको उनको भनाइ छ ।

काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडाध्यक्ष बृहस्पति कँडेलको नेतृत्वमा जिल्ला प्रशासन पुगेको स्थानीयको टोलीले मध्यपहाडी लोकमार्गको तत्कालै काम सुरु नभए आगामी मङ्सिर १ गतेदेखि बागलुङको बिहुँ खण्ड पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् । 

स्थानीयसहित पुगेको टोलीले सडक बन्दको चेतावनीसहित जिल्ला प्रशासन कार्यालयमा चारबुँदे ध्यानाकर्षण पत्र बुझाएको वडाध्यक्ष कँडेलले बताए ।

मङ्सिरसम्म जिल्ला प्रशासन कार्यालय, मध्यपहाडी लोकमार्ग र निर्माण व्यवसायीबीच बैठक बसेर काम अघि बढाउन पहल गर्ने प्रजिअ गुरुङले प्रतिबद्धता जनाए । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४० किमीमध्ये सबै सडक कालोपत्र सकिँदा बिहुँ खण्डको १२ किमी अलपत्र बनेको हो । 

बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक आठ वर्षमा पनि कालोपत्र नभएपछि ठेक्का तोडेर विसं २०८१ असार २१ गते दुई वर्षमा काम सक्नेगरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको हालसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्रै भएकाले बिहुँवासीले चेतावनी दिएका खिमानन्द कँडेलले उल्लेख गरे ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : २६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम