मनास्लु पदमार्गमा आवतजावत खुला | Khabarhub Khabarhub

मनास्लु पदमार्गमा आवतजावत खुला


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । 

अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवतजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ । 

‘जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो’, उनले भने, ‘पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण क्षेत्र, नजिकको सुरक्षा निकायबाट जानकारी लिन भनिएको छ ।’

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु पदमार्गमा पदयात्रामा निस्कँदा मौसमसम्बन्धी जानकारी लिएर निस्कन र वर्षाका कारण केही ठाउँमा पदमार्ग बिग्रिएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । 

‘अहिलेको अवस्था हेर्दा अधिकांश बाटा खुला छन् तर केही भागमा हिउँ जमेको र बाटो बिग्रिएकाले सावधानी अपनाउनु आवश्यक छ’, उनले भने । 

अत्यधिक हिमपात र वर्षाका कारण केही दिनदेखि मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटक बाटोबाटै फर्किएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ५१ बजे

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन्। दोहामा

भारतले गर्‍यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस-०३

पश्चिमी वायुको प्रभाव कायमै : कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १७ गते सोमबार। कात्तिक