फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार « Khabarhub

फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

आइतबार डुङ्गा अचानक पल्टिएपछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षिय महेश सुनार, रुपन्देहीको बुटवल उपमहानगरपाािलका–३ बस्ने ४९ बर्षिय सोमबहादुर तामाङ र ४४ बर्षिय लालमान थारू फेवातालमा डुबेका थिए ।

डिएसपी शैलेन्द्र थापाका अनुसार घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले मोटरवोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ५९ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने