अनलाइन सञ्चार माध्यमको सूचीकरण प्रेस काउन्सिलले नगर्ने « Khabarhub

अनलाइन सञ्चार माध्यमको सूचीकरण प्रेस काउन्सिलले नगर्ने


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने भएको छ।

काउन्सिलले आइतबार सार्वजनिक गरेको सूचनामार्फत् यो निर्णय नयाँ कानुनी संशोधनका कारण कार्यान्वयनमा आएको जनाएको हो ।

काउन्सिलले सरकारले हालै पारित गरेको ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ ले छापाखाना तथा प्रकाशन ऐन, २०४८ संशोधन गरेसँगै जारी भएको ‘छापाखाना तथा प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२’ लागू भइसकेको जनाएको छ ।

उक्त नियमावलीमा अनलाइन सञ्चार माध्यमको अभिलेख र सूचीकरण सम्बन्धी कार्य प्रेस काउन्सिलले गर्ने कानुनी व्यवस्था नरहेको वक्तव्यमा उल्लेख छ ।

२०७० सालदेखि अनलाइन मिडियालाई व्यवस्थित गर्न थालेको प्रेस काउन्सिलले त्यसपछि २०७३ मा लागू भएको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका र त्यसको २०७४ को पहिलो संशोधनअनुसार सूचीकरण गर्दै आएको थियो ।

काउन्सिलले प्रत्येक अनलाइन मिडियाबाट तीन हजार रुपैयाँ शुल्क लिई अभिलेख राख्ने, सूचीकरण गर्ने र पत्रकार आचारसंहिताको पालना भए–नभएको अनुगमन गर्ने काम गर्दै आएको थियो ।

काउन्सिलका सह-प्रशासकीय अधिकृत तथा सह-प्रवक्ता रामशरण बोहराले नयाँ ऐन लागू भएपछि अब अनलाइन सञ्चार माध्यमको अभिलेख, सूचीकरण र अभिमुखीकरण कार्य काउन्सिलबाट नहुने जनाएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : १८ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६