विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिनेबारे गृह र प्रतिष्ठानबीच छलफल « Khabarhub

विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिनेबारे गृह र प्रतिष्ठानबीच छलफल


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच भएको बैठकमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।

गृह मन्त्रालयका तर्फ बाट ओम प्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल, मन्त्रालय अन्तर्गतको कानून महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा, डा. दिपक खड्का सहितको टोली सहभागी उक्त बैठकमा
विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदानको प्रक्रिया र यसलाई सम्भव पार्नका लागि आवश्यक संयन्त्र, कानून, र अन्य आवश्यकताका बारे छलफल गरिएको छ ।

विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मूलुकको कार्यान्वयन अनुभव र चुनौतीबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको गृह सम्बद्ध स्रोतले बतायो ।

बैठकमा आउट अफ कन्ट्री भोटिङका विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो। विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयका बारे समेत चर्चा भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ०० बजे

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा जिल्लामा

जादु गरेजस्तो गरेर पूर्वाधारको समस्या समाधान हुँदैन : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्षमा

म्याग्दीमा साढे ३१ करोड बढीको सुन्तला उत्पादन

म्याग्दी– यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको

नेपाली सिनेमाको अमर आवाज- ‘यो कुरा रातेलाई मन परेन’

काठमाडौं- नेपाली तथा भारतीय चलचित्र र टेलिभिजन क्षेत्रका सशक्त, अनुकरणीय

मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता

खोटाङ– भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटको घटनामा खोटाङका तीन युवकले