केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ | Khabarhub Khabarhub

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

एकीकृत समाजवादीका नेताहरूलाई भित्र्याइने



काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने विषय उठेको छ।

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सदस्यता पटक-पटक विद्याको सदस्यता नवीकरणको विषय उठेपछि टार्ने गरेका ओलीले हिजो भने एकपटक पुन भेटेर छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।

हिजोको सचिवालय बैठकमा विद्याको सदस्यता नवीकरणको विषय वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएका थिए ।

यस्तै सचिवहरू गोकर्ण विस्ट र योगेश भट्टराईले पनि पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषय उठाएका थिए ।

शनिबारको बैठकमा पनि उनको सदस्यता नवीकरण विषय उठाएपछि विद्याको सदस्यता नवीकरण नहुनुपर्ने अडान राख्दै आएकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि बोलेकी थिइन्।

पूर्वराष्ट्रपति जस्तो गरिमामय ठाउँमा काम गरिसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किनु नहुने मत राखिरहेकी शाक्यले शनिबारको बैठकमा सदस्यताको विषय कि हुन्छ कि हुँदैन,भनेर टुङ्ग्याउनुपर्ने बताइन् ।

यसबारे प्रश्न गर्दा शाक्यले खबरहबसँग भनिन, ‘हिजोको सचिवालय बैठकमा मैले कि पूर्वराष्ट्रपतिज्यूको सदस्यता नवीकरण गरौँ, कि नगर्ने भनेर गहकिलो निर्णय गरौँ। होइन भने एउटै कुरामा अल्झिएर अरू ठूला विषयलाई ओझेलमा पार्नु हुँदैन भनेँ । पार्टीका अन्य कुरा मिलाएर अगाडि बढ्नुपर्ने समय छ । तर हामी पूर्वराष्ट्रपतिज्यूको सदस्यता नवीकरणमै अल्झिरह्यौँ । मैले अध्यक्षलाई यही कुरा भनेको छु ।’

शाक्य अहिले पनि पूर्व राष्ट्रपति भइसकेको व्यक्तिको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्काउने कुरा असहमति जनाउँदै आएकी छिन् । तर आगामी बैठकबाट यो विषय उठ्नु नहुने कि वार कि पार हुनुपर्ने उनको मत छ ।

सम्मानित पदमा पुगिरहेको व्यक्ति पुनः राजनीतिमा फर्किने कुरा गर्नु कतिको सान्दर्भिक हुन्छ, त्यो सम्बन्धित व्यक्तिले विश्लेषण गर्नुपर्ने मत राख्छिन् शाक्य ।

उनी पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजनक हैसियतमै रहन आग्रह गर्छिन्। अहिलेको आवश्यकता पार्टीमा रूपान्तरण र पुस्तान्तरण भएकाले ७० वर्ष नाघेका सबै बिदा हुन तयार रहनुपर्ने उनको भनाइ छ।

अनि ओलीले भने : एकपटक कुरा गर्छु

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय पटक-पटकको पार्टीमा उठेपछि ओलीले शनिबार मुख खोलेका छन्। एमालेमाथि तीव्र प्रहार र आलोचना भइरहेका बेला ओलीले शनिबारको सचिवालय बैठकमा एकपटक भेटेर भण्डारीसँग कुरा गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार अब बस्ने सचिवालय बैठकअगाडि ओलीले विद्यालाई भेट्ने प्रतिबद्धता जनाएका छन्।

‘पटक-पटक पूर्वराष्ट्रपतिज्यूको सदस्यताको विषय बैठकमा उठिरहेको छ । अहिलेलाई पुरानो केन्द्रीय कमिटीले गरेको निर्णय सदर गरौं । तर म यसबीचमा उहाँलाई भेटेर के रहेछ कुरा फेरि सुन्छु’, ओलीले बैठकमा भनेका थिए, ‘अब बस्ने सचिवालय बैठक अगाडि म एकपटक उहाँसँग भेटेर कुरा गर्छु ।’

ओलीले यस्तो भनेपछि भण्डारीको सदस्यता नवीकरण हुने अपेक्षा गरिएको छ। एमाले स्रोतका अनुसार बैठकमा शाक्यले ओली र विद्याबीच पटक-पटक कुरा भएरै निर्णय भएको भन्दै दुवैले टुंगो लगाउनुपर्ने बताएकी थिइन्।

‘यसबारे सुरुवातदेखि नै अध्यक्षज्यूले जिम्मेवारी लिँदै आउनुभएको छ। पूर्वराष्ट्रपतिज्यूसँग अध्यक्ष नै कुरा गरिरहनु भएकाले यसलाई उहाँले नै पार लगाउनुहोला । अब बस्ने बैठकमा यस्ता कुरा नउठून, अरू राजनीतिक कुरा गरौँ’, शाक्यले भनिन् ।

पछिल्लो समय नेपाली राजनीतिमा ओली आलोचनाका केन्द्र बनेकाले पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरेर राजनीतिमा फर्काउनुपर्ने मत राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राख्छन् ।

‘चार-पाँच महिनादेखि एमालेमा पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण हुने या नहुनेमै घुमिरहेको छ। यसभन्दा अगाडिको केन्द्रीय कमिटीमा पनि यो विषय पेचिलो बनेको थियो’, विश्लेषक श्रेष्ठले खबरहबलाई भने, ‘ओलीले आफ्नो भाग खोसिने डरले पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण नगरेको देखिन्छ । कार्यकर्ता र नेताको भावना बुझ्दा उहाँको सदस्यता नवीकरण गरे पार्टीलाई थप बल पुग्ने देखिन्छ । ओलीले सोचेर निर्णय गर्नु उचित हुन्छ।’

विश्लेषकहरूले यसो भनिरहेका बेला एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे स्वच्छ छवि भएको नेतृत्व आवश्यक रहेकाले सदस्यता नवीकरण गरे आगामी निर्वाचन र महाधिवेशनमा जान पनि सहज हुने बताउँछन् ।

के गर्छिन् विद्या?

पूर्वराष्ट्रपति भण्डारी अझै पनि एमालेको निर्णय पर्खिरहेकी छन् । उनीसँग सम्पर्कमा रहेका नेताहरूले पार्टीमा फर्काउन दबाब दिइरहेका छन्। असोज २९ देखि ३१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकमा पनि ५० भन्दा बढी नेताले सदस्यता नवीकरण हुनुपर्ने मत राखेको एमाले केन्द्रीय सदस्य रविन कोइराला बताउँछन्।

एमालेको एघारौँ महाधिवेशन नजिकिएकाले ओलीले सजिलै विद्याको सदस्यता नवीकरण गर्न चाहेका छैनन् । एघारौं महाधिवेशनमा नेतृत्व दाबी नगर्ने प्रतिबद्धता जनाए मात्रै ओलीले सदस्यता नवीकरण गर्ने सम्भावना छ।

यस अगाडि विद्याल एघारौँ महाधिवेशनमा नेतृत्वको लागि तयार भएको बताइसकेकी छन् । तर आफू सुरक्षित नहुने डरले ओलीले रोकेको राजनीतिक विश्लेषक श्रेष्ठ बताउँछन् ।

समाजवादी नेतासँग संवाद गर्ने

शनिबारको सचिवालय बैठकमा एकीकृत समाजवादीको विभाजनबारे कुरा भएको थियो । समाजवादी अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग मिल्न जाँदा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले फरक पार्टी निर्माण गर्ने भएका छन् ।

उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू भट्टराई, गोकर्ण विस्ट, उपाध्यक्ष शाक्य र पाण्डे लगायतले समाजवादीका नेताहरूसँग संवादमा रहेको बताएका थिए । केही नेताहरू एमाले प्रवेश गर्न तयार रहेकोबारे पनि कुरा भएको थियो ।

ओलीले पनि आउन चाहनेलाई ल्याउने बताएका थिए । तर ओलीले सामूहिक रूपमा भन्दा एकल एकल रुपमा फर्काउने रणनीति त्यहाँ अघि सारे ।

एमाले स्रोतका अनुसार झलनाथ खनाल र ओलीबीच पनि एक साताअगाडि छलफल भएको छ। ‘उहाँले झलनाथसँग छलफल भएको भन्नु भएन । तर एक साता अगाडि उहाँसँग छलफल भएको हामीले बुझेका छौँ’, एमाले सचिवालयका ती नेताले खबरहबलाई भने, ‘फोनमै हुन सक्छ या भेटेर हो तर उहाँहरूबीच संवाद भएको रहेछ । अध्यक्षज्यूको कुरा सुन्दा झलनाथसँगै छलफल भएको बताउनु भएको छ ।’

नेताहरूका अनुसार रामकुमारी झाँक्री लगायतका नेताहरूसँग सचिव योगेश भट्टराई पनि सम्पर्कमा छन्। यस्तै पूर्वसांसद्व किसान श्रेष्ठ, अमरबहादुर थापा पनि एमालेमा आउन तयार छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : २१ बजे

दक्षिण अफ्रिकालाई हराउँदै भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं – भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ