‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी « Khabarhub

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक स्थलको पुनर्निर्माण गर्ने र यसलाई पहिलेभन्दा अझ बलियो बनाउने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आक्रमणबाट इरानको पारमाणविक कार्यक्रम नष्ट भएको बताएका थियो तर वास्तविक क्षतिको पूर्ण विवरण भने प्रमाणित हुन सकेको छैन ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आणविक सङ्गठनको भ्रमणका क्रममा इरानले ‘ध्वस्त भएका स्थानहरू’ पहिलेभन्दा बलियो बनाउने बताएका हुन् ।

उनले आफ्नो आधिकारिक वेबसाइटमा पोस्ट गरिएको एक भिडियोमा भनेका छन्, “भवनहरू ध्वस्त पार्दैमा हामी पछाडि हट्ने छैनौँ । इरानी वैज्ञानिकहरूसँग अझै पनि आवश्यक आणविक ज्ञान छ।”

पेजेस्कियानले आणविक कार्यक्रम र क्षतिबारे विस्तृत विवरण उल्लेख नगरीकन आणविक कार्यक्रमबाट पछि नहट्ने बताएका हुन् । आक्रमणअघि गत फेब्रुअरीमा यस्तै टिप्पणीमा उनले आणविकस्थलमा आक्रमण भएमा आफ्नो तेहरानले आणविक सामग्री भण्डारण स्थलहरू पुनर्निर्माण गर्ने बताएका थिए ।

इजरायलले जुन महिनामा इरानविरुद्ध अभूतपूर्व बमबारी अभियान सुरु गरेको थियो । १२ दिने युद्धको सुरुवातपछि आणविक र सैन्य सुविधामा अमेरिकी क्षेप्यास्त्रसमेत प्रहार भएका थिए । आक्रमण आवासीय क्षेत्रहरूमा समेत लक्षित गरिएको थियो र यसका कारण धेरै शीर्ष वैज्ञानिकहरूको हत्या भएको थियो ।

बदलामा इरानले इजरायली शहरलाई लक्षित गरी ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको थियो।अमेरिकाले युद्ध रोक्ने घोषणा गरेपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले जुलाईमा इरानमा भएको क्षति ‘गम्भीर’ भएको बताएका थिए ।

इरानको परम्परागत मध्यस्थकर्ता ओमानले शनिबार दुई देशलाई वार्ता पुनः सुरु गर्न आग्रह गरेपछि पेजेस्कियानको यो टिप्पणी आएको हो। “हामी इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्तामा फर्कन चाहन्छौं,“ ओमानका विदेश मन्त्री बद्र अल्बुसैदीले बहराइनमा आयोजित आइआइएसएस मनामा संवादका लागि भएको सम्मेलनमा भने ।

इरान सरकारका प्रवक्ता फतेमेह मोहाजेरानीले आइतबार तेहरानले कूटनीति पुनः सुरु गर्ने बारेमा ‘सन्देश प्राप्त भएको’ बताएका थिए । ओमानले यस वर्ष अमेरिका–इरान वार्ताको पाँच चरणको आयोजना गरेको थियो। छैटौं चरणको वार्ता हुनुभन्दा तीन दिनअघि इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण सुरु गरेको थियो ।

सन् २०१५ को आणविक सम्झौताको पालना नगरेको आरोपमा बेलायत, जर्मनी र फ्रान्सले ‘स्न्यापब्याक’ संयन्त्र सुरु गरेपछि इरानले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको सामना गर्नुपरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ४२ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५