मर्मतपछि खुल्यो कागबेनी-कोरला सडक | Khabarhub Khabarhub

मर्मतपछि खुल्यो कागबेनी-कोरला सडक


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- कोरलानाका जोड्ने कागबेनी–चैले सडक आइतबार (कात्तिक १६)देखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सिधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी—जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी–कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण कागबेनी–कोरला खण्डअन्तर्गत कागबेनीदेखि चैलेसम्मको करिब १२ किलोमिटर दुरी सडकको विभिन्न स्थानमा सडक भत्किएको थियो । वर्षाका कारण कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन बारागुङ–३ को छुसाङ र चैलेमा थन्किएका थिए ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षाकर्मी, आयोजना लगायतको सहयोगमा कागबेनी–कोरला सीधा यातायात सेवा सञ्चालनमा ल्याउन सफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । कागबेनीदेखि दुई किलोमिटर उत्तरको कोरला सडकमा साविक सडकको विकल्प तत्कालका लागि करिब १०० मिटर बढी सडक डाइभर्सन निर्माण गरिएको छ ।

अवरुद्ध चैले सडकको भाँसिएको स्थानमा तत्कालका लागि उपकरण प्रयोग गरी माटो फिलिङ गरेर सडक सञ्चालनमा ल्याइएको बारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । अन्य ससाना स्थानका सडकमा पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको हो । कागबेनी–कोरला सडक पूर्ण रुपमा खुलेसँगै कोरलानाका पुगेर फर्किदा बाटोमै थन्किएका झन्डै १०० सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय छुसाङले जनाएको छ ।

बारागुङ मुक्तिक्षेत्र–३ का वडाध्यक्ष विनोद गुरुङले कागबेनी–कोरला सडक अस्थायी कामचलाउका रूपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार, कोरला सडक पूर्ण रूपमा खुलाउन आयोजनाको समन्वयमा चार उपकरण एकैसाथ परिचालन गरिएको थियो । अर्का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले तत्कालका लागि हलुका सवारीसाधन मात्रै आउजाउ गर्नसक्ने बनाइएको ठूलो मालबाहक सवारीसाधनले कोरलानाका आउजाउ गर्न समस्या हुने बताए । जोमसोम—कागबेनी सडक भने मर्मतपछि शनिबारदेखि सञ्चालनमा आएको थियो । रासस

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : २९ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले