मर्मतपछि खुल्यो कागबेनी-कोरला सडक « Khabarhub

मर्मतपछि खुल्यो कागबेनी-कोरला सडक


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- कोरलानाका जोड्ने कागबेनी–चैले सडक आइतबार (कात्तिक १६)देखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सिधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी—जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी–कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण कागबेनी–कोरला खण्डअन्तर्गत कागबेनीदेखि चैलेसम्मको करिब १२ किलोमिटर दुरी सडकको विभिन्न स्थानमा सडक भत्किएको थियो । वर्षाका कारण कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन बारागुङ–३ को छुसाङ र चैलेमा थन्किएका थिए ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षाकर्मी, आयोजना लगायतको सहयोगमा कागबेनी–कोरला सीधा यातायात सेवा सञ्चालनमा ल्याउन सफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । कागबेनीदेखि दुई किलोमिटर उत्तरको कोरला सडकमा साविक सडकको विकल्प तत्कालका लागि करिब १०० मिटर बढी सडक डाइभर्सन निर्माण गरिएको छ ।

अवरुद्ध चैले सडकको भाँसिएको स्थानमा तत्कालका लागि उपकरण प्रयोग गरी माटो फिलिङ गरेर सडक सञ्चालनमा ल्याइएको बारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । अन्य ससाना स्थानका सडकमा पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको हो । कागबेनी–कोरला सडक पूर्ण रुपमा खुलेसँगै कोरलानाका पुगेर फर्किदा बाटोमै थन्किएका झन्डै १०० सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय छुसाङले जनाएको छ ।

बारागुङ मुक्तिक्षेत्र–३ का वडाध्यक्ष विनोद गुरुङले कागबेनी–कोरला सडक अस्थायी कामचलाउका रूपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार, कोरला सडक पूर्ण रूपमा खुलाउन आयोजनाको समन्वयमा चार उपकरण एकैसाथ परिचालन गरिएको थियो । अर्का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले तत्कालका लागि हलुका सवारीसाधन मात्रै आउजाउ गर्नसक्ने बनाइएको ठूलो मालबाहक सवारीसाधनले कोरलानाका आउजाउ गर्न समस्या हुने बताए । जोमसोम—कागबेनी सडक भने मर्मतपछि शनिबारदेखि सञ्चालनमा आएको थियो । रासस

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : २९ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि