काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
काठमाडौँ महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे भन्ने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु खाजा घरबाट ९७२ डब्लु के ६८३०१ ०३२१८९ नम्बर उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्टाछुट्टै रहेको अवस्थामा बरामद गरी अनुसन्धानका क्रममा लामालाई पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले गनसहित पक्राउ परेका लामाको कोठामा खानतलासी गर्दा तीन थान गोलीसमेत फेला परेको जानकारी दिए।
लामा गत साउन ७ गते ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार केन्द्रीय कारागार सुन्धारामा रहेको र भदौ २४ गते भएको प्रदर्शनका क्रममा भागी प्रहरीको हतियार लुटेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता श्रेष्ठले बताए।













प्रतिक्रिया