जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ « Khabarhub

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

काठमाडौँ महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे भन्ने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु खाजा घरबाट ९७२ डब्लु के ६८३०१ ०३२१८९ नम्बर उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्टाछुट्टै रहेको अवस्थामा बरामद गरी अनुसन्धानका क्रममा लामालाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले गनसहित पक्राउ परेका लामाको कोठामा खानतलासी गर्दा तीन थान गोलीसमेत फेला परेको जानकारी दिए।

लामा गत साउन ७ गते ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार केन्द्रीय कारागार सुन्धारामा रहेको र भदौ २४ गते भएको प्रदर्शनका क्रममा भागी प्रहरीको हतियार लुटेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ३६ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता