रेअर अर्थ तत्वमा चीनमाथिको निर्भरता अन्त्य गर्ने ईयूको प्रयास « Khabarhub

रेअर अर्थ तत्वमा चीनमाथिको निर्भरता अन्त्य गर्ने ईयूको प्रयास


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रेअर अर्थ तत्वहरुमा चीनमाथिको निर्भरता अन्त्य गर्ने दिशामा युरोपेली युनियनले काम गरिरहेको युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनले बताएकी छिन् । चीन यस्ता तत्वको सबैभन्दा ठूलो उत्पादक एवम् निर्यातक हो ।

यस्ता तत्वहरु स्मार्टफोन, विद्युतीय सवारी र सैन्य प्रविधिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । चीनले गत अप्रिल महिनामा यस्ता पदार्थको निर्यातका लागि नयाँ अनुमतिपत्रको व्यवस्था गरेको थियो ।

चीनको यस कदमपछि विश्व उत्पादन क्षेत्रमा झट्का लागेको थियो । यसै महिना चीनले यस्तो पदार्थको निर्यातमा थप कडाइ गरेको थियो । अमेरिकासँगको जारी व्यापार तनावमा आफ्नो पक्ष मजबुत बनाउन चीनले यस्तो कदम चालेको जनाइएको छ ।

युरोपेली युनियनले यस्तो कडाइका कारणले गर्दा ठूलो आर्थिक क्षति भोग्नुपर्ने अवस्था आउने बताएको छ । बर्लिनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भोन डेर लायनले चीनसँगै मिलेर युरोपले छोटो समयका लागि समाधान खोज्ने प्रयत्न गरिरहेको बताइन् ।

उनले यस्ता पदार्थको सन्दर्भमा युरोप निकै जटिल परिस्थितिमा रहेको बताउँदै वैकल्पिक स्रोतको सञ्चितिमा लाग्न बाध्य भएको टिप्पणी गरेकी छिन् ।

उनले यस्तो चुनौतीको सामना गर्न संरचनागत परिवर्तन आवश्यक रहेको पनि उल्लेख गरिन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ०६ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको