फ्रान्समा स्टुडेन्ट फर फ्रि तिब्बतको प्रदर्शन « Khabarhub

फ्रान्समा स्टुडेन्ट फर फ्रि तिब्बतको प्रदर्शन


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्समा स्टुडेन्ट फर फ्रि तिब्बत (एसएफटी) का समर्थकले प्रदर्शन गरेका छन् । राजधानी पेरिसमा रहेको पोम्पिदु सेन्टरमा एसएफटीका समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले उक्त सेन्टरमा चिनियाँ कलाकार काइ गुओ कियाङको कला प्रदर्शनीको विरोध जनाएका थिए । कियाङले हालै तिब्बतको सिगात्से क्षेत्रमा आयोजना गरेको आतिशबाजी प्रदर्शनको चौतर्फी आलोचना भएको थियो ।

तिब्बती समाचार पोर्टल फायूलका अनुसार तिब्बती अधिकारकर्मीले यस आतिशबाजीले वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै साँस्कृतिक अपमान गरेको भन्दै कियाङको अलोचना गर्दै आएका छन् । फायूलका अनुसार एसएफटी प्रदर्शनकारीले पोम्पिदू केन्द्र र साझेदार ह्वाइट क्यूब ग्यालरीमाथि ‘विध्वंशलाई रोमाञ्चक बनाउन खोजेको’ आरोप पनि लगाएका छन् ।

गत सेप्टेम्बर १९ मा काइ गुओ कियाङले क्यानाडाको आउटडोर ब्राण्ड आर्कटेरिक्सलसँगको सहकार्यमा स्थानीयले पवित्र मान्ने सिगात्सेको पहाडमा विशाल आतिशबाजी प्रदर्शन गरेका थिए ।

व्यवसायिक विज्ञापनको शैलीमा आयोजित उक्त कार्यक्रमपछि फोहोरको थुप्रो, प्लाटिस्कको टुक्राजस्ता वस्तु त्यसै छाडिएको आरोप लगाइएको छ । त्यसबाहेक प्रदर्शनपछि उत्पन्न धुवाँ र धुलोले पर्यावरणमा नकारात्मक असर पारेको पनि जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ०९ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने