फ्रान्समा स्टुडेन्ट फर फ्रि तिब्बतको प्रदर्शन « Khabarhub

फ्रान्समा स्टुडेन्ट फर फ्रि तिब्बतको प्रदर्शन


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्समा स्टुडेन्ट फर फ्रि तिब्बत (एसएफटी) का समर्थकले प्रदर्शन गरेका छन् । राजधानी पेरिसमा रहेको पोम्पिदु सेन्टरमा एसएफटीका समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले उक्त सेन्टरमा चिनियाँ कलाकार काइ गुओ कियाङको कला प्रदर्शनीको विरोध जनाएका थिए । कियाङले हालै तिब्बतको सिगात्से क्षेत्रमा आयोजना गरेको आतिशबाजी प्रदर्शनको चौतर्फी आलोचना भएको थियो ।

तिब्बती समाचार पोर्टल फायूलका अनुसार तिब्बती अधिकारकर्मीले यस आतिशबाजीले वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै साँस्कृतिक अपमान गरेको भन्दै कियाङको अलोचना गर्दै आएका छन् । फायूलका अनुसार एसएफटी प्रदर्शनकारीले पोम्पिदू केन्द्र र साझेदार ह्वाइट क्यूब ग्यालरीमाथि ‘विध्वंशलाई रोमाञ्चक बनाउन खोजेको’ आरोप पनि लगाएका छन् ।

गत सेप्टेम्बर १९ मा काइ गुओ कियाङले क्यानाडाको आउटडोर ब्राण्ड आर्कटेरिक्सलसँगको सहकार्यमा स्थानीयले पवित्र मान्ने सिगात्सेको पहाडमा विशाल आतिशबाजी प्रदर्शन गरेका थिए ।

व्यवसायिक विज्ञापनको शैलीमा आयोजित उक्त कार्यक्रमपछि फोहोरको थुप्रो, प्लाटिस्कको टुक्राजस्ता वस्तु त्यसै छाडिएको आरोप लगाइएको छ । त्यसबाहेक प्रदर्शनपछि उत्पन्न धुवाँ र धुलोले पर्यावरणमा नकारात्मक असर पारेको पनि जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ०९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने