शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै « Khabarhub

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत संरचनागत मजबुतीकरण (रेट्रोफिटिङ) कार्य सुरु गरिने भएको छ ।

विद्यालय भवनलाई भूकम्प–प्रतिरोधी बनाउँदै सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्ने उद्देश्यसहित चालु आर्थिक वर्षमा नगरपालिकाले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार रेट्रोफिटिङको पहिलो चरणमा वडा नम्बर ५ को शिवशङ्कर माध्यमिक विद्यालय, गर्जमनी र वडा नम्बर ८ को जनभावना आधारभूत विद्यालय, नौखरीमा कार्य गरिनेछ । दोस्रो चरणमा नगरपालिकाको वडा नम्बर १ स्थित श्रीकृष्ण आधारभूत विद्यालय, रामनगरका जीर्ण अवस्थामा भवनमा रेट्रोफिटिङको काम गरिने उनले जानकारी दएि ।

‘रेट्रोफिटिङको कामका लागि ‘इ–विडिङ’ मार्फत कार्य गरिनेछ’, प्रमुख भट्टले भने, ‘त्यसका लागि ३० लाख बढी बजेटको व्यवस्थापन गरिएको छ ।’ विद्यालय लामो समयदेखि सञ्चालनमा रहेकाले भौतिक संरचनामा कमजोरी देखिनु, कक्षाकोठामा चिरा पर्नु, भूकम्प जोखिम बढ्नु तथा भवनको भारवहन क्षमता घट्नुलगायत कारणले रेट्रोफिटिङ अनिवार्य भएको उनले उल्लेख गरे ।

नगरपालिकाले केही महिनाअघि गरेको भवन मूल्याङ्कनमा यी विद्यालयलाई मध्यमदेखि उच्च जोखिम समूहमा वर्गीकृत गरिएको थियो । विशेषगरी स्तम्भ कमजोर हुनु, बीम–स्ल्याबमा चिरा देखिनु, फाउन्डेसनमा कमजोरी हुनु तथा भवनको उचाइ र संरचना सन्तुलन नहुनुलगायत प्राविधिक कारणले तत्काल सुधार आवश्यक देखिएको नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले बताए ।

रेट्रोफिटिङअन्तर्गत भवनका स्तम्भमा कङ्क्रिट–ज्याकेटिङ गरी बलियो बनाइने, कमजोर भित्तामा स्टिल–मेस र शटक्रिट प्रविधि प्रयोग गरिने, बिम र पिलरमा स्टिल प्लेट तथा एङ्कर बोल्ट थपिने, भूकम्पीय क्षतिबाट बचाउन भवनमा स्टिल ब्रेसिङ जडान गरिने, कमजोर फाउन्डेशन क्षेत्रमा माइक्रोपाइल तथा ग्राउटिङ प्रक्रिया लागू गरिने, कक्षाकोठाको ढल्किएको भाग सिधा गर्ने, ढोकाझ्यालमा आवश्यक परिवर्तन गर्ने, विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालय परिसरमा इमरजेन्सी एक्जिट र सेफ्टी रेलिङ जडान गर्नेलगायत प्रमुख संरचनागत सुधार गर्ने रहेका ऐरले जानकारी दएि ।

यो सम्पूर्ण कार्य सम्पन्न भएपछि विद्यालय भवन भूकम्पलाई प्रतिरोध गर्न सक्षम हुने प्राविधिकको दाबी छ । ‘भौतिक संरचना सुरक्षित नहुँदा विद्यार्थीको मनोवैज्ञानिक सुरक्षामा पनि नकारात्मक असर पर्छ’, नगर उपप्रमुख कल्पना पन्तले भने, ‘कमजोर भवनमा पढाइ भइरहेको देखिएपछि अभिभावकमा चिन्ता बढेको थियो, रेट्रोफिटिङपछि विद्यार्थी र शिक्षक दुवैका लागि सुरक्षित वातावरण बनाइनेछ, जसले शिक्षाको गुणस्तरमै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौँ ।’

नगरपालिकाको नगरशिक्षा योजनातर्जुमाका लागि सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ । (रासस)

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ८ : २४ बजे

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या

मुस्ताङ– अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत