भेनेजुएलाको आरोप : आइसिसी जिम्मेवारीबाट पन्छियो « Khabarhub

भेनेजुएलाको आरोप : आइसिसी जिम्मेवारीबाट पन्छियो


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काराकास– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले काराकास स्थित आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरेपछि भेनेजुएलाका अधिकारीहरूले आइसिसीलाई कर्तव्यबाट पन्छिएको आरोप लगाएका छन् । अदालतले वास्तविक प्रगति नभएको भन्दै उक्त कार्यालय बन्द गर्ने घोषणा गरेको थियो ।

आइसिसीले सन् २०२४ मा भेनेजुएलाका अधिकारीहरूसँग सहकार्य गर्दै सन् २०१७ को विरोध प्रदर्शनका क्रममा दक्षिण अमेरिकी देशमा गरिएको मानवता विरुद्धका सम्भावित अपराधहरूको अनुसन्धान गर्न काराकासमा कार्यालय स्थापना गरेको थियो । 

आइसिसीका उप–अभियोजक मामे मन्डिए नियाङले भेनेजुएला सरकारसँगको काममा अपेक्षित प्रगति नदेखिएका कारण कार्यालय बन्द गरिएको तर अनुसन्धान भने निरन्तर जारी रहने जानकारी दिए ।

यसैबीच, भेनेजुएलाका अधिकारीहरूले एक विज्ञप्ति जारी गरी आइसिसीले ‘थोरै मात्र पनि प्रतिबद्धता वा सहयोगको भावना नदेखाएको’ आरोप लगाएका छन् । 

उनीहरूले अदालतले भेनेजुएलाका विभिन्न पहलहरूमा कुनै योगदान वा सुझाव नदिएको र आफूले ग्रहण गरेको जिम्मेवारीबाट ‘गैरजिम्मेवार रूपमा टाढा रहेको’ दाबी गरेका छन् । 

साथै, आइसिसीमाथि ‘राजनीतिक उद्देश्यका लागि न्यायलाई उपकरण बनाउने’ प्रयासमा कुनै कदम नचालेको आरोप पनि लगाइएको छ ।

अर्जेन्टिना, कोलम्बिया, चिली, प्याराग्वे, पेरु र क्यानडाले सन् २०१८ मै भेनेजुएलामाथि मानव अधिकार उल्लङ्घनको आरोपसहित आइसिसीमा उजुरी दर्ता गराएका थिए । 

त्यसपछि सन् २०२१ को नोभेम्बरमा राष्ट्रपति निकोलस मदुरोसँगको सम्झौता अनुसार आइसिसीलाई भेनेजुएलामा औपचारिक रूपमा काम गर्न अनुमतिपत्र प्रदान गरिएको थियो ।

सन् २००२ मा स्थापित आइसिसी विश्वको एकमात्र स्वतन्त्र अन्तर्राष्ट्रिय अदालत हो, जसले नरसंहार, युद्ध अपराध तथा मानवता विरुद्धका गम्भीर अपराधहरूको अनुसन्धान र कारबाहीमा समर्पित छ । रासस
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ०१ बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको