धनगढी– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत र झुटा भाष्य बोकेर त्यसैको पछि लागेर यो नागरिक सरकारप्रति पनि सो खालको धारणा निर्माण नगर्न आग्रह गरेका छन् ।
युवा शक्तिको बलमा गठन भएको यो सरकार कुशासनलाई अन्त्य गर्न कै लागि भनेर सुशासनको जगमा टेकेर अहिलेको वर्तमान समयमा युवा वर्गले राखेको अपेक्षा र देशमा देखिएका अनेकन समस्याहरूको हल गर्न तर्फ यो सरकार प्रतिबद्ध रहेको पनि मन्त्री अर्यालले धनगढीमा उपलब्ध हुनु भएका जेन-जीहरुसँग मंगलबार सो धारणा राखेका हुन् ।
अरू विरोधी शक्ति र समूहले निर्माण गरिदिएको गलत र झुटा भाष्यको पछि लागेर युवाहरूले पनि यो सरकार पनि उस्तै रहेछ भन्ने गलत बुझाइ राख्न नहुने तर्क गर्दै मन्त्री अर्यालले भने, ‘भदौ २३ को घटनाको सन्दर्भमा पुलिस प्रशासन, कानुन, अदालत र सरकारले नै गठन गरेको उच्च स्तरीय जाँच बुझ आयोगले आ-आफ्नो तरिकाले काम गरिरहेकोले अहिले नै सबै थोक खतम भयो, केही भएन र जेन-जीले न्याय पाउन सकेन भनेर निराश हुने पर्ने छैन, हामी न्याय, सुशासन, र भ्रष्टाचार अन्त्यका लागि काम गर्दै छौ।’
यो सरकार जेन-जी आन्दोलनमा मृत्यु भई शाहदत प्राप्त गरेका युवाहरू, उनीहरूका आश्रित परिवार तथा सम्पूर्ण घाइतेहरूको लागि यो सरकारले गर्नु पर्ने सम्पूर्ण आवश्यक निर्णयहरू गर्दै गइरहेको र उनीहरूकै सम्मान र बलिदानको सम्झना गर्दै जेन-जी सहिद दिवस मनाउने निर्णयसमेत यो सरकारले गरिसकेको कुरा मन्त्री अर्यालले बताए ।
सहिद योद्धा उद्यान र उनीहरूको सालिक निर्माणका पनि यो सरकारले काम अघि बढाई सकेको पनि उनले जानकारी दिए ।
भेटका क्रममा मन्त्री अर्यालले जेन-जी युवाहरूलाई गलत नगरेका युवाहरू समाजमा लुकेर बस्नु नपर्ने बरु कानुनलाई सघाएर गलत तथ्यहरू छन् र कोही निर्दोष फसेका छन् भने प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाउन आग्रह गरे ।
युवाहरूले राखेका धारणा र मागहरू सुनी सकेपछि मन्त्री अर्यालले यो सरकारले कोही युवा शक्तिलाई पक्षपात नगर्ने र विना आधार र प्रमाण हेरेर मुद्दा चल्ने नचल्ने सबै निर्क्योल गरेर मात्रै प्रहरी प्रशासनले आफ्नो कदम चल्ने कुरा स्पष्ट पारे ।













प्रतिक्रिया