लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने « Khabarhub

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने भएको छ । 

द प्रमिस्ड ल्यान्ड फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘समृद्ध भविष्यका लागि शान्ति’को नारासहित यही मङ्सिर २५ देखि २७ गतेसम्म लुम्बिनी र रामग्राममा विश्व शान्ति कार्यक्रम आयोजना गरिएको जनाएको हो ।

विश्व शान्ति कार्यक्रममा नेपालसहित संयुक्त राष्ट्र सङ्घका सांस्कृतिक राजदूत, अन्तरराष्ट्रिय व्यापारिक नेता, विद्वान, कलाकार, युवा र सामुदायिक प्रतिनिधिसहित १० हजारभन्दा बढीको सहभागिता रहने द प्रमिस्ड ल्यान्ड फाउन्डेसनका अध्यक्ष निकेश अधिकारीले जानकारी दिए ।

कार्यक्रममा शान्ति, जलवायु, विकास, आन्तरिक कल्याण र सामाजिक न्यायमाथि संवाद, व्यावहारिक शान्ति निर्माण लगायतका विषयमा छलफल हुने उनले बताए ।

लुम्बिनी र रामग्राममा अधिकतम पर्यटक भित्राउने र लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ०८ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा