जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे « Khabarhub

जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् ।अहिले जाडो बढेसँगै रुघाखोकीका बिरामी बढेका हुन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार यहाँ उपचारमा आउने बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका बिरामी हुन् । उनले भने, ‘सामान्य समयभन्दा अहिले यस्ता बिरामीको चाप बढेको छ ।’ 

अहिले अस्पतालमा दैनिक एक हजार ५०० देखि दुई हजार हाराहारी बिरामी आउने गरेका छन् । आएका बिरामीमध्ये ३०० भन्दा बढी मौसमी रुघाखोकी र ज्वरोका रहेका उनले जानकारी दिए ।

अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार लगातार चार दिनसम्म ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, खाना नरुच्ने तथा सुक्खा खोकी लाग्ने जस्ता समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको हो । 

उनले भने, ‘सिजनल फ्लुका बिरामी बढेका छन् ।’ यसलाई रोक्न चिसो कुरा नखाने, चिसोमा बाहिर नहिँड्ने, हिँड्नै परे बाक्ला र लामा लुगा गाएर हिँड्ने गर्नुपर्ने उनले बताए।

अस्पतालमा आएका बिरामीमध्ये केही स्क्रबटाइफसका रहेको डा अधिकारीले बताए। दीर्घरोगी र ज्येष्ठ नागरिकमा बढी मौसमी रोगको समस्या देखिएको उनले बताए। अहिले उपचारमा आएका बालबालिकामा समेत मौसमी रोगको समस्या देखिएको बाल रोग विशेषज्ञ डा खेम पौडेलले बताए। बालबालिकामा लगातार ज्वरो आउने, सिँगान बगिरहने, खाना नरुच्ने जस्ता समस्या देखिने गरेको उनले बताए। 

बालबालिकालाई चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँड्डुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने, झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले मौसमी रोगबाट बचाउन सकिने उनले बताए।

अहिले उपचारमा आएका बालबालिकामध्ये ५० प्रतिशतमा मौसमी रुघाखोकी र ज्वरोको समस्या रहेको उनले जानकारी दिनुभयो । बालबालिकालाई चिसोबाट बचाउनसमेत उनले आग्रह गरे।

यस अस्पतालमा चितवनसहित विभिन्न जिल्लाका बिरामीको उपचार हुँदै आएको छ । सङ्घीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा विशेषज्ञ सेवासमेत हुने भएकाले उपचारका लागि केन्द्र बन्दै आएको छ ।
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : ३३ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान