मानवअधिकार सम्मान र पुरस्कार घोषणा « Khabarhub

मानवअधिकार सम्मान र पुरस्कार घोषणा


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ । 

आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार स्व दयाराम परियार स्मृति सम्मान–२०८२, शंकर लिम्बू (इलाम), मानव अधिकार पुरस्कार-२०८२ पत्रकार मेनुका ढुङ्गाना (अछाम)लाई दिने निर्णय गरिएको छ । लिम्बू आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रुपमा कार्यरत रहेका छन् । 

त्यसैगरी ढुङ्गाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गरेका थिए ।

मानव अधिकार सम्मान र पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र-प्रमाणपत्र रहेको छ । सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तरराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर)को कार्यक्रमका बीच प्रदान गरिने छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ४ : २० बजे

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा