लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ « Khabarhub

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ । नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रूपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो। 

समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन भएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराएका हुन्।  

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उनी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी हुन् । 

उनको  शपथग्रहणसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यो सँगै लुम्बिनी प्रदेश सभामा ८७ जना सदस्य रहेका छन् । 
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : २९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल