लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ « Khabarhub

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ । नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रूपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो। 

समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन भएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराएका हुन्।  

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उनी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी हुन् । 

उनको  शपथग्रहणसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यो सँगै लुम्बिनी प्रदेश सभामा ८७ जना सदस्य रहेका छन् । 
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : २९ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा