रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य « Khabarhub

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २ सय २ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २ सय १ रन बनायो ।

यस क्रममा पोखराका आडम रोसिङ्टनले शतक प्रहार गरेका छन् । उनले १८ ओभर ६ बलमा कर्णाली याक्सका नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले ११ चौका र छ छक्का प्रहार गरे ।

त्यसैगरी, जेसन रोयले पोखराका लागि ४६ रन बनाए । ३४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

कर्णालीका नन्दन यादव र मार्क वाटले समान एक विकेट लिए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : ३६ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४