कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई जना घाइते « Khabarhub

कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई जना घाइते


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आज अपराह्न ‘डिउटी’मा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो । 

दुर्घटनामा पहिचान नखुलेका एक पुरुष पैदलयात्रीको मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनामा घाइते उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत  ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन् । कार दुई जनालाई ठक्कर दिएर नजिकैको पर्खालमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ४३ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था