निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण « Khabarhub

निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले आज अर्थमन्त्री खनाललाई भेटेर निर्यात अनुदान रोकिएको विषय तथा निर्यात क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको हो ।

महासङ्घले निर्यात अनुदान रोकिँदै आएको अवस्था, प्राविधिक तथा प्रशासनिक अवरोध, निर्यात प्रवर्द्धनसँग सम्बन्धित नीतिगत समस्याको समाधानका लागि अर्थमन्त्रीलाई आग्रह गरेको अध्यक्ष घिमिरेले बताए। 

जवाफमा अर्थमन्त्री खनालले निर्यात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले उद्योग तथा व्यापारीले उठाएका विषयमा सरकारको सकारात्मक ध्यानाकर्षण भएको बताए।

भेटमा पूर्वसांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासङ्घका निर्यात सभापति नरेशलाल श्रेष्ठ, हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, साना तथा घरेलु उद्योग महासङ्घका उपाध्यक्ष शान्ता बाँस्कोटा कोइराला, निर्यात व्यवसायी महासङ्घका उपाध्यक्ष किरण डङ्गोललगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ५५ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन