निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण « Khabarhub

निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले आज अर्थमन्त्री खनाललाई भेटेर निर्यात अनुदान रोकिएको विषय तथा निर्यात क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको हो ।

महासङ्घले निर्यात अनुदान रोकिँदै आएको अवस्था, प्राविधिक तथा प्रशासनिक अवरोध, निर्यात प्रवर्द्धनसँग सम्बन्धित नीतिगत समस्याको समाधानका लागि अर्थमन्त्रीलाई आग्रह गरेको अध्यक्ष घिमिरेले बताए। 

जवाफमा अर्थमन्त्री खनालले निर्यात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले उद्योग तथा व्यापारीले उठाएका विषयमा सरकारको सकारात्मक ध्यानाकर्षण भएको बताए।

भेटमा पूर्वसांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासङ्घका निर्यात सभापति नरेशलाल श्रेष्ठ, हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, साना तथा घरेलु उद्योग महासङ्घका उपाध्यक्ष शान्ता बाँस्कोटा कोइराला, निर्यात व्यवसायी महासङ्घका उपाध्यक्ष किरण डङ्गोललगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ५५ बजे

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा