एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार « Khabarhub

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका एडम रोसिंगटनको शतक प्रहार गर्दा कर्णाली याक्स ३४ रनले पराजित भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पोखराले पहिले ब्याटिङ गरेको थियो । पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९ ओभरमा १६७ रनमै समेटिएको हो ।

यो कर्णालीको चौथो हार हो । यसअघिका तीन खेलमा काठमाडौं गोर्खाज, विराटनगर किङ्गस र सुदूरपश्चिम रोयल्ससँग लगातार हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई जितेको कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग हारेको थियो ।

पोखराको यो दोस्रो जित हो । यो टिमले यसअघिका चार खेलमा एक जित निकालेको छ । पोखराले जनकपुर बोल्ट्सलाई हराएको थियो भने लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो ।

एमडको शतकसहितको अविजीत १०८ रनले ब्याटिङमा पोखरा बलियो देखियो । जेसन रोयले ४६ र धनञ्जय लक्ष्मणले २३ र कप्तान कुशल भुर्तेलले १८ रन जोडे प्रहार गरे ।

कर्णालीका बलर पोखराको विकेट लिन लामो संघर्ष गर्नुपर्दा खेल हाइस्कोर बन्न पुग्यो । पोखराको २ विकेट मात्रै गुम्यो । पहिलो विकेटका रुपमा कुशल चार ओभरको पाँचौ बल र जेसन भने १६ ओभरको पाँचौ बलमा आउट भए ।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीका ओपनर ब्याटर तथा भरपर्दो खेलाडी प्रियाङ्क पाञ्चाल सस्तैमा आउट भए । ३ ओभरको पहिलो बलमा पहिलो विकेटका रुपमा उनी १६ रन जोडेर आउट भए ।

पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका कर्णालीका जयकिशन कोल्सावाला १० बल खर्चेर ६ रनको अवस्थामा आउट भए । ७ ओभरको दोस्रो बलमा कर्णालीको २ विकेट खसे पनि ओपनर मार्क वाटले इनिङ सम्हाल्दै थिए ।

मार्क ९ ओरभको ५ बलमा आउट भए । उनले ३४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५९ रन जोडेर आउट भए । मार्क क्रिजमा रहँदासम्म कर्णालीको ब्याटिङ लयमै थियो । जितका लागि आवश्यक रन रेट खस्किएको थिएन ।

तथापि, मार्कको अर्धशतकले टिम हारबाट जोगिएन । उनी आउट भएसँगै कर्णालीको ब्याटिङ खस्कियो । नजिबुल्लाह जद्रानले २४ रन जोडे । अन्यको प्रस्तुती सम्झन लायक रहेन ।

बलिङतर्फ, धनञ्जय लक्ष्मण र ऋषि धवनले समान ३-३ विकेट लिए । पोखराका किरण ठगुन्नाले मार्क वाटले विकेट लिए । ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेल समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ३० बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल