जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले « Khabarhub

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार रावलपिन्डीको अडियाला जेलमा भेट गरेकी छन् ।

यससँगै इमरानको मृत्यु भएको भनेर फैलिएको अफवाह पनि असत्य सावित भएको । भेटका क्रममा उनीहरूले लगभग २० मिनेट कुरा गरे।

उज्माले इमरानलाई मानसिक रुपमा प्रताडित गरिँदै आएको दाबी गरिन् । यसको जिम्मेवारी पाकिस्तानी सेनाध्यक्ष आसिम मुनीरले लिनुपर्ने उनले बताइन् ।

उज्माले थप जानकारी आफ्नी दिदीहरू अलीमा र नौरीनसँग परामर्शपछि सार्वजनिक गर्ने बताइन्। रावलपिण्डीमा उनको यो भेट २७ दिनपछि सम्भव भएको हो।

मृत्युको अफवाह र प्रदर्शन

गत साता इमरान खानबारे मृत्युको अफवाह फैलिएको थियो, जसका कारण रावलपिण्डीदेखि इस्लामाबादसम्म उच्च सतर्कता जारी गरियो। परिवार र समर्थकहरू भेट्न जेल पुगे पनि प्रशासनले अनुमति नदिँदा अफवाह झन् बलियो बनेको थियो।

धारा १४४ लागू

रावलपिण्डीमा १ देखि ३ डिसेम्बरसम्म सभा, जुलुस, प्रदर्शन तथा पाँचभन्दा बढी मानिसको भीडमा प्रतिबन्ध लगाइएको छ। हतियार, लाठी, पेट्रोल बम, विस्फोटक सामग्री, लाउडस्पीकर, नफरतपूर्ण भाषण तथा अन्य संवेदनशील गतिविधिमाथि रोक लगाइएको छ।

इमरान नेतृत्वको पीटीआईले इस्लामाबाद उच्च अदालत र अडियाला जेल अगाडि ठूलो प्रदर्शन घोषणा गरेको थियो।

कानून–व्यवस्था बिग्रिने आशंका

जिल्ला जासुसी समितिका अनुसार केही समूहहरूले ठूलो भिड जम्मा गरी संवेदनशील संरचनामाथि हमला गर्न सक्ने आशंका गरिएको छ ।

पीटीआईको आरोप

पीटीआईघ नेता असद कायसरले अदालतले आफ्नै आदेश कार्यान्वयन गराउन नसकेको र प्रशासनले इमरानसँग भेट्न नदिएको आरोप लगाए।

खैबर पख्तूनख्वाका मुख्यमन्त्री सोहेल अफरीदीलाई गत सप्ताह इमरान भेट्न जाँदा सेनाको आदेशमा प्रहरीले कुटपिट गरेको आरोप पनि छ। पीटीआईले यसलाई लोकतान्त्रिक अधिकारमाथिको हमला भनेको छ।

इमरानका छोराले ६ हप्तादेखि उनलाई एक्लै ‘डेथ सेल’ मा राखिएको दाबी गरेका छन्। बहिनीहरूलाई पनि भेट्न नदिएको आरोप छ। परिवारले इमरानको वास्तविक अवस्थाबारे प्रमाण मागिरहेका छन्।

इमरान खानलाई भेट्न नदिँदै आएको घटनाक्रमपछि पीटीआईका कार्यकर्ताहरूले निरन्तर धर्ना गर्दै आएका छन्। भेट नदिएको कारण राजनीतिमा तनाव बढेको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ३९ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही