पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ « Khabarhub

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद गरेको छ।

पर्साको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँचका क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कार रोकेको थियो।

कारको खानतलासी गर्दा प्लास्टिकका १० पोकामा लुकाएको १०४ किलो ३२५ ग्राम गाँजा फेला परेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताएका छन् ।

प्रहरीले कारसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी–८ का ३२ वर्षीय भीम स्याङ्तान र मकवानपुरगढी–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तान छन्।

दुवैवामलाई आवश्यक अनुसन्धानका लागि पर्सा प्रहरीले नियन्त्रणमा राखेको छ। प्रहरीका अनुसार उनीहरूविरुद्ध लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको पाठकले बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : ४८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु