ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाले चेतावनी « Khabarhub

ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाले चेतावनी


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

स्लोभाकिया – रुसको ग्यास आपूर्तिका कारण सम्बन्ध बिग्रिएपछि स्लोभियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफ्नो देशमा रहेका एक लाख ३० हजार युक्रेनी शरणार्थीलाई गर्दै आएको सहयोग बन्द गर्ने चेतावनी दिएका छन्।

१ जनवरीका दिन रुस र युरोपेली मुलुकका बीचमा आपूर्ति चेनको रूपमा रहेको ग्यासको पाइपलाइन युक्रेनले बन्द गरेको थियो।

मुख्य ट्रान्जिट प्वाइन्टको रूपमा रहेको स्लोभाकियाले यस निर्णयका कारण लाखौँ डलर घाटा सहनुपर्ने भएको छ। गत महिना सार्वजनिक संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएनएचसिआर)को रिपोर्ट अनुसार एक लाख ३० हजार ५३० जना युक्रेनी शरणार्थी स्लोभाकियामा छन्। विश्व भरी कुल ६८ लाख १३ हजार नौ सय शरणार्थी छन्।

गत डिसेम्बरमा आश्चर्यजनक रूपमा मस्को भ्रमण गरेका फिकोले किभको निर्णय दुखदायी भएको बताएका छन्। युरोपेली युनियनका प्रधानमन्त्रीका अनुसार फिकाले युक्रेनमा विद्युत् आपूर्ति बन्द गर्ने तथा शरणार्थीलाई सहयोग बन्द गर्ने सम्भावना पनि छ। अहिले शरणार्थी आफै ग्यास आपूर्तिको सङ्कटमा छन्। यस कारण उनले अन्य उपायहरू खोज्न समेत जरुरी छ।

फिकोका अनुसार युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीको निर्णयपछि ट्रान्जिट फि मार्फत स्लोभाकियाले पाउँदै आएको मूल्य बराबरको वार्षिक ५०० मिलियन युरो घाटा लाग्ने बताए। यसअघि गत महिना नै स्लोभाकियाले ऊर्जामा संकट ल्याउनका साथै पुटिनलाई साथ दिइरहेको आरोप लगाएका छन्।

पोल्यान्डले भने स्लोभाकियाले विद्युत् आपूर्ति बन्द गरे आफू युक्रेनको पक्षमा रहने दाबी गरेको छ। रुसले ऊर्जा केन्द्रमा आक्रमण गरेपछि अहिले नै त्यहाँ संकट छ।

रुसले अहिले ब्ल्याकसीको प्रयोग गर्दै टर्कस्ट्रिम मार्फत हंगेरी, टर्की र सर्बियामा ग्यास लाने गरेको छ।

यो पनि पढ्नुहोस्

युक्रेनको बाटो हुँदै रुसी ग्यास आपूर्ति बन्द

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : ०९ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ