साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो ! « Khabarhub

साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो !

कर्णाली विकास बैंक कारबाहीमा पर्दा नेप्सेमा ४४ अङ्कको गिरावट


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा एउटा प्रख्यात उखान छ; ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो !’ पुस महिनाको तेस्रो साता अर्थात् १४ देखि १८ गतेसम्म नेपालको शेयर बजारमा त्यस्तै देखियो।

गतपुस १० गते राष्ट्र बैंकले कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो हातमा लियो। त्यसको भोलिपल्ट अर्थात् पुस ११ गते नेपाल धितोपत्र बोर्डले पनि एक सूचना जारी गर्दै लगानीकर्ताको हितको लागि भन्दै अर्को व्यवस्था नहुँदासम्म कर्णाली बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकरणबाट हटायो।

सोहीकारणपुसको तेस्रो साता शेयर बजार नेप्से ४४ अङ्कले घट्न पुग्यो। सातामाचार दिनमात्र शेयर कारोबार हुँदा नेप्से ४४.८४ अङ्कले घटेको हो।

साताको सोमबार भने सार्वजनिक बिदा भएका कारण शेयर बजार खुलेन। साताका दुई दिन बजारमा हरियाली देखिए पनि दैनिक औषत ११.१२ अङ्कले नेप्से घटेको देखिन्छ।

साताको पहिलो र तेस्रो दिनको भारी गिरावटले नै बजारलाई साताभर ४४ अङ्कमा झारिदियो। दुई दिन झिनो अङ्कले बढेको बजारले शेयर कारोबारी र लगानीकर्तालाई खास उत्साह दिन सकेन।

कारोबारमा पनि यो साता खासै रौनक देखिएन। चार दिन अवधिमा १९ अर्ब ३५ करोड दुई लाख ८२ हजार रुपियाँमा कारोबार सीमित भयो। दैनिक औसत चार अर्ब ८३ करोड ७५ लाख ७० हजार रुपियाँको शेयर कारोबार भयो।

साताभर चार करोड ३७ लाख ९४ हजार ३३२ कित्ता शेयर किनबेच हुँदा दैनिक औसतमा एक करोड नौ लाख ४८ हजार ५८३ कित्ता शेयर कारोबार भएको हो। साताभर दुई लाख ३० हजार ८७३ पटक र दैनिक औषतमा ५७ हजार ७१८ पटक शेयर किनबेच भयो।

बजारलाई किन तर्सायो कर्णाली बैंकले ?

कर्णाली विकास बैंकलाई नेप्सेको सूचीकरणबाट हटाएपछि एनपीएल (निष्क्रिय कर्जा) बढी भएका अन्य कम्पनीलाई पनि नेप्सेबाट हटाउनेहल्ला सामाजिक सञ्जालमा फैलियो। त्यस्तो हल्लाका कारण आइतबार र मङ्गलबार फाइनान्स र विकास बैंक समूहमा बिक्रीकर्ता हावी भए। मागभन्दा आपूर्ति बढेपछि पूरै शेयर बजार नै प्रभावित भयो।

नेपालको शेयर बजारमा परिसूचक घटेपछि कम्पनी, वित्तीय अवस्था वा अन्य कुनै कारण नहेरी लगानीकर्ताले धमाधम शेयर बेच्ने प्रवृत्तिरहेको लगानीकर्ता गोपाल कटुवाल ‘स्वामी’ बताउँछन्। दुई समूह घट्दा सोही कारण पूरै बजार राताम्मे भएको कटुवालको तर्क छ।

‘कर्णालीको कारबाहीपछि सामाजिक सञ्जालमा बढी एनपीएल भएका अन्य विकास बैंक र फाइनान्स; अझ पोखरा फाइनान्स राष्ट्र बैंकले टेकओभर गर्ने हल्ला चल्यो’, कटुवालले भने, ‘उक्त हल्लाका कारण आइतबार र मङ्गलबार विकास बैंक र फाइनान्समा शेयर बिक्रेता मात्र देखिए, त्यसको असर पूरै बजारमा प-यो।’

विकास बैंक र फाइनान्स समूहको परिसूचक हेर्दा कटुवालको तर्क पुष्टि हुन्छ। आइतबार विकास बैंक समूह १४२.३५ अङ्क र मङ्गलबार १४५.१० अङ्कले घटेको थियो।

यता; फाइनान्स समूह भने आइतबार १३७.४६ अङ्क र मङ्गलबार १५२.४४ अङ्कले घट्यो।

दुई दिन दुई समूहमा बिक्रीकर्ता हावी भएपछि परिसूचक पनि घट्न पुग्दा त्यसले पूरै बजारलाई नै घटाउनेगरी असर गरेको कटुवाल बताउँछन्। ‘हाम्रो बजारमा साना कुराले पनि ठूलो हलचल ल्याउँछ’, कटुवालले भने, ‘विकास बैंक र फाइनान्स घट्न थाले, इन्डेक्स घट्यो, त्यो देखेपछि पूरै बजारमा असर ग-यो।’

पुस मसान्तसम्म आयकर र विवरण बुझाउनुपर्ने हुँदा त्यसको असर पनि बजारमा देखिएको, त्यसपछि भने बजारमा सुधार देखिन सक्ने कटुवाल बताउँछन्।

साताको कुन दिन कस्तो रह्यो बजार ?
साताको पहिलो दिन अर्थात् आइतबार बजार घटेर सुरू भएको थियो। आइतबार बजार २१.१२ अङ्कले घटेर २६०९.५८ बिन्दुमा पुगेको थियो। उक्त दिन बजार ०.८० प्रतिशतले घट्दा परिसूचक उच्चतम २६४१.१७ बिन्दु र न्यूनतम २६०१.८४ बिन्दुसम्म झ-यो।

आइतबार ३१६ वटा कम्पनीको शेयर कारोबार हुँदा पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको एक करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर ६६ हजार ७७४ पटक किनबेच भयो।

सोमबार तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएकाले शेयर कारोबार भएन। बजार खुलेको मङ्गलबार पनि बजारको ओह्रालो यात्रा कायमै रह्यो।

उक्त दिन बजार ३३.०८ अङ्कले घटेर २६१३.९५ बिन्दुमा पुग्यो। नेप्से १.२६ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६१३.९५ बिन्दु र न्यूनतम २५४५.३४ बिन्दुमा पुग्यो।

मङ्गलबार ३०८ वटा कम्पनीको शेयर कारोबारमा आउँदा पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँ बराबरको एक करोड ३१ लाख७४ हजार ३७९ कित्ता शेयर ६९ हजार ९२३ पटक शेयर किनबेच भयो।

सातामा दुई दिन घटेको बजारमा बुधबार झिनो अङ्कको सुधार देखियो। उक्त दिन नेप्से ५.१० अङ्कले बढेर २५८१.६० बिन्दुमा पुग्यो। बजार ०.१९ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २५८९.४२ बिन्दु र न्यूनतम २५६७.९७ बिन्दुबीच रह्यो।

बुधबार नेप्सेमा झिनो सुधार आए पनि कारोबार घट्यो। २०५ वटा कम्पनीको शेयर कारोबार तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपियाँमा सीमित भयो। ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार ७२९ पटक किनबेच भएको थियो।

बिहीबार पनि नेप्सेमा झिनो अङ्कको वृद्धि देखियो। नेप्से ०.१७ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २५८६.२३ बिन्दु र न्यूनतम २५६६.२७ बिन्दुबीच रह्यो।

बिहीबार ३१५ वटा कम्पनीको चार अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपियाँ बराबरको एक करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक किनबेच भयो।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ९ : ०२ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो