प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी « Khabarhub

प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते अन्तरिम सरकार बनेयता पहिलो पटक राजनीतिक दलहरूसँग संवाद गर्दैछिन् ।

राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने छलफलमा उनले दुईजना पर्यवेक्षक पनि राखेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गते हुने भनिएको चुनावबारेको उक्त छलफलमा राजनीतिक दलहरूसँगै २ जना पर्यवेक्षक पनि सहभागी भएका हुन् ।

पर्यवेक्षकका रुपमा प्रधानमन्त्री कार्कीले केदारभक्त माथेमा र विद्याधर मल्लिक दलहरूसँगको छलफलमा सहभागी गराएकी हुन्।

कार्कीले राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी भएका छन् ।

उता नेपाली कांग्रेसले प्रधानमन्त्री कार्कीले बोलाएको सात राजनीतिक दलका नेतासँगको छलफलमा निर्वाचनका लागि सुरक्षाको प्रत्याभुतिबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिनिधिसभाको निर्वाचन गराउन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण नरहेकाले निर्वाचनमा जाने सुरक्षा प्रत्याभूतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेस नेता श्याम घिमिरेले बताए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको हतियार लुटपाट, आगजनी, तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्ने र फरार कैदीलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा निर्वाचन गराउने सकारको मानसिकता नरहेको उनले बताएका छन् ।

बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।

त्यस्तै बैठकमा नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र महामनन्त्र गगनकुमार थापा सहभागी हुँदैछन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको छलफलमा कार्यवाह उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा गएका थिए ।

उता नेकपा (माओवादी केन्द्र)का तर्फबाट सचिवालय सदस्य वर्षमान पुन र पम्फा भुसाल सहभागी हुँदैछन् । राष्ट्रपतिको बैठकमा नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र पूर्वसांसद सोविता गौतम सहभागी हुँदैछन् । राष्ट्रपतिले राखेको बैठकमा कार्यवाहक सभापति डीपी अर्याल सहभागी भएका थिए ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुँदैछन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह सहभागी हुँदैछन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन् ।

यसअघि निर्वाचनलाई लिएर राष्ट्रपति पौडेल र निर्वाचन आयोगले दलहरूसँग छलफल गरिसकेका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीकै पहलमा भने पहिलो पटक दलहरूसँग संवाद हुन लागेको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : १० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी