लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरुरी छ : नेता सिंह | Khabarhub Khabarhub

लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरुरी छ : नेता सिंह

आवश्यकताको सिद्धान्त अनुसार कांग्रेस-एमाले सरकार 


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले ठुलाे संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । 

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले  पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसकाे संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे  । 

उनले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले  रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताए । 

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहेका सिंहले आवश्यकताको सिद्धान्तअनुसार कांग्रेस-एमालेकाे सरकार बनेको बताए  । 

‘अहिले संसद्को दुई ठुला दल मिलेर सरकार बन्दा कहीँ  नभएको भयो भनेको सुन्छु । आवश्यकताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,’ उनले भने,’साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो ।’ 

उनले आवश्यकताको सिद्धान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएको बताए । 

राजनीति स्थायित्व विना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए  । 

सिंहले सप्तरीमा रहँदा पार्टी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गर्नेछन् भने लहान नगरपालिकाको कार्यक्रममा पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : २५ बजे

सुटुक्क हलमा लागेर तीन दिनमै उत्रियो सुरक्षा पन्तको फिल्म ‘धागो’

काठमाडौँ– यसलाई अलि राम्रो बनाएर पुनर्लेखन गरकाठमाडौं( प्रचार–प्रसारमा ध्यान नदिएको

ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि क्रिकेट

आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि

फ्लड लाइटमा एनपीएल खेल्न मिल्ने गराएर त्रिवि रंगशाला क्यानलाई हस्तान्तरण

काठमाडौं – प्यारापिट राख्ने र फ्लड लाइट जडान गरेपछि सरकारले

जेन-जी नेताहरूलाई कांग्रेस-एमालेको डर, सम्झौताका लागि बढाउँदै सरकारमाथि दबाब

काठमाडौं– जेन-जीहरूले सरकारसँग सम्झौताका लागि ११ बुँदे माग शुक्रबार प्रधानमन्त्री