सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल « Khabarhub

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।

आज आयोजित नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘अहिलेको युग सूचनाको युग हो । प्रविधिको विकासले यस क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको छ, त्यसतर्फ सञ्चारकर्मी सचेत हुन जरुरी छ ।’

अहिलेको युग सूचनाको युग भएकाले यसले ल्याएका अवसर र चुनौतीसँग सामना गर्ने कुरा सजिलो नभएको उनको भनाइ थियो ।

निष्पक्ष पत्रकारिताका लागि खबरदारी गर्न अध्यक्ष दाहालले महासङ्घलाई आग्रह गरे । भ्रष्टाचारका विषयमा एक अर्कालाई दोषारोपण गर्नुभन्दा निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए । ‘इमानदारीताका साथ अनुसन्धान गर्नु जरुरी छ’, उनले भने । 

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली समिति बनाउन आग्रह गरे । ‘एउटाले अर्कोलाई दोष लगाउने काम राम्रो होइन । एउटा निश्चित मापदण्ड र निश्चित मानक बनाएर भ्रष्टाचार छानबिनमा जोड दिनुपर्छ’, उनले भने । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्ने बताए । 

‘हामी भुइँपुस्ताका युवाहरूको एउटै आग्रह छ, राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देशको सम्प्रेषण गर्नै पर्छ । त्यो सञ्चार गर्ने मुख्य सूचनाको स्रोत भनेको राजनीतिक नेतृत्व गर्ने राजनीतिक दलहरू पनि हो । त्यो ठाउँबाट हामीले ठिक ढङ्गको सन्देश सम्प्रेषण गर्ने प्रक्रिया आरम्भ गर्नुपर्छ’, उनले भने। 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ४९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका