पृथ्वी जयन्तीमा राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने « Khabarhub

पृथ्वी जयन्तीमा राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते दरबारमार्गस्थित महेन्द्र सालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पनि र्‍यालीमा सहभागी हुनुहुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।

उनका अनुसार विभिन्न वेशभूषा र झाँकीसहितको हुने र्याली पृथ्वी सालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ । सोही दिन राप्रपाले पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत स्घसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा पठाएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले भने, ‘आम निर्वाचनपछि राप्रपासमेत सहभागी प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा निर्णय गरेको थियो । राप्रपाले विसं २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ ।’

यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपासम्बद्ध प्राज्ञिक परिषद्ले यही पुस २५ गते काठमाडौँमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा विचारगोष्ठीको आयोजना गरेको सो पार्टीले जनाएको छ । रासस

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ३६ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा