चिनियाँ छनोट पञ्चेन लामा विवादमास् अन्तर्राष्ट्रिय विरोध र भ्रमण रद्द « Khabarhub

चिनियाँ छनोट पञ्चेन लामा विवादमास् अन्तर्राष्ट्रिय विरोध र भ्रमण रद्द


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले आफ्नो मनोनित ११औं पञ्चेन लामा ग्यात्सेन नोर्बुको अन्तर्राष्ट्रिय प्रतिष्ठा विस्तार गर्ने उद्देश्यले थाइल्याण्ड र नेपालमा भ्रमणको योजना बनाएको थियो। ग्यात्सेन नोर्बु चिनियाँ सरकारले चुनेका पञ्चेन लामा हुन्, तर तिब्बती निर्वासन सरकारले १४औं दलाई लामाद्वारा पहिचान गरिएका गेदुन चोएकी न्यिमालाई वास्तविक पञ्चेन लामा मान्छ।

चीनले ग्यात्सेन नोर्बुको विश्वव्यापी स्वीकार्यता बढाउन थाइल्याण्ड र नेपालमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको थियो। यद्यपि, थाइल्याण्डले चीनको आर्थिक दबाब र धार्मिक समुदायको प्रतिक्रिया हेरेर भ्रमण अनुमति दिन अस्वीकार गरेको छ। नेपालमा भने प्रधानमन्त्री केपी ओलीले चिनियाँ राजदूतको आग्रहपछि भ्रमणलाई अनुमति दिए पनि व्यापक आलोचनाका कारण कार्यक्रम रोकिएको छ।

चीनले ग्यात्सेन नोर्बुको छनोटलाई वैधानिकता दिन परम्परागत धार्मिक प्रक्रियालाई वेवास्ता गर्दै ूगोल्डन अर्नू विधिबाट घोषणा गरेको थियो। यो पद्धतिले तिब्बती बौद्ध धर्मावलम्बीहरूबीच असन्तोष सिर्जना गरेको छ। १९९५ देखि बेपत्ता रहेको गेदुन चोएकी न्यिमाको अवस्थाले चीनप्रति अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको चिन्ता थपिएको छ।

थाइल्याण्ड र नेपाल दुबै देशले ग्यात्सेन नोर्बुको भ्रमणलाई रोक्दा चीनको यो रणनीति असफल देखिएको छ। धेरै बौद्ध धर्मावलम्बीहरूले उनलाई धार्मिक नेता मान्न अस्वीकार गर्दै चीनको राजनीतिक हस्तक्षेपको प्रतीकका रूपमा हेरेका छन्। चीनको यो प्रयास तिब्बती धार्मिक र सांस्कृतिक पहिचानमाथि नियन्त्रण गर्ने अभियानका रूपमा व्याख्या गरिएको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : २३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने