इंग्लिस प्रिमियर लिग : आर्सनलसँग म्यानचेस्टर सिटी पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलसँग म्यानचेस्टर सिटी पराजित


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई ५–१ गोलले हराउँदै आर्सनलले सानदार जित निकालेको हो ।

आर्सनलका लागि मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले एक–एक गोल गरेका थिए । सिटीका लागि एर्लिङ हालान्डले गोल फर्काए ।

यो जितसँगै २४ खेलबाट ५० अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको सिटी ४१ अंकका साथ चौथो स्थानमा छ । २३ खेल खेलेको लिभरपुल ५६ अंकसहित शीर्षस्थानमा छ ।

दोस्रो मिनेटमा नै कप्तान मार्टिन ओडेगार्डले काई हार्भाटेजको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएको खेलको ५५औँ मिनेटमा एर्लिङ हलान्डले सिटीका लागि बराबरी गोल गरेका थिए । त्यसको लगत्तै थोमस पार्टीले आर्सनललाई अग्रता दिलाएका हुन् ।

६२औँ मिनेटमा १८ वर्षीय मेल्स लेविस स्केलीले गोल गरे । १४ मिनेट बाँकी रहँदा हार्भाटेजले गोल थपे । १७ वर्षीय एथान नोनेरीले इन्जुरी समयमा डेकलन राइसको पासमा आर्सनलको लागि अर्को गोल गरे ।

यस्तै, आइतबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले पनि पराजयको सामना गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग २–० गोलले पराजित भएको हो । क्रिस्टल प्यालेसका लागि दुवै गोल जियान फिलिप माटेटाले गोल गरेका थिए । पछिल्ला ६ सिजनमा ओल्ड ट्रायफोर्डमा क्रिस्टलको यो चौथो जित हो । टोटनहाम हट्सपरले पनि ब्रेन्टफोर्डलाई २–० गोलले नै हरायो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : २६ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को