कालीगण्डकी खोँचमाथिको स्काइ क्याफेमा पर्यटनमन्त्री पाण्डे « Khabarhub

कालीगण्डकी खोँचमाथिको स्काइ क्याफेमा पर्यटनमन्त्री पाण्डे


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कुश्मा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतकाे द क्लिफमा सञ्चालनमा रहेको स्काइ क्याफेको मज्जा लिएका छन् ।

नेपाली कांग्रेस पर्वत जिल्ला सभापति युवराज जोशीसँगै द क्लिफ पुगेका मन्त्री पाण्डेले स्काइ क्याफेमा खाजा खाएर रमाइलो गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

मन्त्री पाण्डेले द क्लिफ नमुना पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

एड्भेन्चर टुरिजम हबका रूपमा विकास भइरहेको द क्लिफको स्काइ क्याफे सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, कूटनीतिक नियोगका पदाधिकारी, कलाकार तथा सर्वसाधारणको समेत रोजाइमा पर्दै आएको छ ।

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अभिनेत्री वर्षा सिवाकोटी, गायक प्रकाश सपूतलगायतले स्काइ क्याफेको अनुभव लिइसकेका छन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बञ्जी र स्वीङसँगै क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत सञ्चालनमा छन् । कपल बञ्जी र मेगाट्रोल सञ्चालनको पनि तयारी अन्तिप चरणमा पुगेको अध्यक्ष कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : ४५ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत