चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग « Khabarhub

चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– चौरासी पूजाको खर्चबाट एक महिलाले मानव सेवा आश्रमलाई सहयोग गरेकी छन् । गैँडाकोट–१६ अमरापुरीकी श्यामकला सापकोटाले आफ्नो चौरासी पूजाको खर्चबाट दुई लाख ६५ हजार मानव सेवा आश्रमलाई सहयोग गरेकी हुन् । 

आफ्नो चौरासी पूजाको अवसर पारी श्रीमानको स्मृतिमा चितवनको भरतपुरमा रहेको मानव सेवा आश्रममा आश्रितको भोजन तथा सेवा व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको उनले बताइन्। श्यामकलाले आश्रमलाई सहयोग रकम प्रदान गर्नुका साथै आश्रमको आजीवन वार्षिक भोजन सेवा सदस्यता समेत ग्रहण गगरेकी छन् ।

सापकोटाले प्रदान गरेको आर्थिक सहयोग आश्रममा आश्रित सहयोगापेक्षी आश्रितको नियमित भोजनसेवा तथा आवश्यक सेवा व्यवस्थापनमा उपयोग गरिने आश्रमले जनाएको छ । आजीवन वार्षिक भोजन सेवा सदस्यतामार्फत सापकोटाले आश्रमको सेवा अभियानमा दीर्घकालीन योगदान पुर्‍याएको आश्रमले जनाएको छ । 

भरतपुरमा रहेको मानवसेवा आश्रमले सरकारी तथा स्थानीय तहको आंशिक सहयोगसँगै देश तथा विदेशमा रहेका परोपकारी मनबाट प्राप्त सहयोगका आधारमा सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनःमिलनको सेवा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ५ : ४४ बजे

बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

चितवन- भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका

बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ

काठमाडौं– मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट

चलचित्र विधेयकमा १२२ संशोधन प्रस्ताव, सेन्सरको व्यवस्था पुनरावलोकन गर्न जोड

काठमाडौँ – चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित अघि

‘रामायण’ मा रावणको महिमामण्डन गरेको आरोप, निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं– फिल्म ‘रामायण’ मा भगवान् राम र रावणलाई प्रस्तुत गरिएको

चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग

नवलपुर– चौरासी पूजाको खर्चबाट एक महिलाले मानव सेवा आश्रमलाई सहयोग