कालीगण्डकी खोँचमाथिको स्काइ क्याफेमा पर्यटनमन्त्री पाण्डे « Khabarhub

कालीगण्डकी खोँचमाथिको स्काइ क्याफेमा पर्यटनमन्त्री पाण्डे


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कुश्मा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतकाे द क्लिफमा सञ्चालनमा रहेको स्काइ क्याफेको मज्जा लिएका छन् ।

नेपाली कांग्रेस पर्वत जिल्ला सभापति युवराज जोशीसँगै द क्लिफ पुगेका मन्त्री पाण्डेले स्काइ क्याफेमा खाजा खाएर रमाइलो गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

मन्त्री पाण्डेले द क्लिफ नमुना पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

एड्भेन्चर टुरिजम हबका रूपमा विकास भइरहेको द क्लिफको स्काइ क्याफे सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, कूटनीतिक नियोगका पदाधिकारी, कलाकार तथा सर्वसाधारणको समेत रोजाइमा पर्दै आएको छ ।

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अभिनेत्री वर्षा सिवाकोटी, गायक प्रकाश सपूतलगायतले स्काइ क्याफेको अनुभव लिइसकेका छन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बञ्जी र स्वीङसँगै क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत सञ्चालनमा छन् । कपल बञ्जी र मेगाट्रोल सञ्चालनको पनि तयारी अन्तिप चरणमा पुगेको अध्यक्ष कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : ४५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ