कृषिमा आधुनिकीकरण गर्न जरूरी : सञ्चारमन्त्री | Khabarhub Khabarhub

कृषिमा आधुनिकीकरण गर्न जरूरी : सञ्चारमन्त्री


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताएका छन् ।

लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरूङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरे। 

पूर्वाधार बनाउने काम सरकारको भएको र विकासको गतिविधि गर्ने काम जनताको भएको बताउँदै मन्त्री गुरूङले चालु आर्थिक वर्षमा लमजुङको घरघरमा टेलिफोन र इन्टरनेट पुर्‍याउने प्रतिबद्धता जनाए ।

बोरिङ सिँचाइ सञ्चालनमा आएपछि यसको भरपुर सदुपयोग गर्न समेत आग्रह गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले वर्तमान सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको जानकारी दिए। 

उनले बिग्रिएको र भत्किन लागेको मुलुकलाई सुधार्न दुई ठूला दल गठबन्धनमा आएकाले सरकार ढल्छ कि ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न समेत आग्रह गरे। 

विगतका सरकारले देशमा अस्थीरता सिर्जना गरेको टिप्पणी गर्दै मन्त्री गुरुङले भने, ‘राजनीतिक अस्थिरताले गर्दा सरकारपिच्छे बजेट आए । राम्रोसँग राजस्व उठेन, खर्च हुन पनि सकेन, यी सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरिरहेरको छ ।’ 

बर्खेपानीको भरमा खेती गर्नुपर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने मन्त्री गुरुङको भनाइ छ । 

वडा ८ का अध्यक्ष धनसिंह तामाङले पानीको अभावले थुप्रै खेतबारी बाँझै रहने गरेको उल्लेख गर्दै बोरिङ सञ्चालनमा आएपछि खेती गर्न सहज हुने विश्वास व्यक्त गरे। स्थानीय उपभोक्ता पञ्चकली गुरूङले सिमलचौर गाउँको सिँचाइको लागि बोरिङ सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे। 

बोरिङ सञ्चालन भएसँगै एक सय ५० भन्दा बढी घरधुरीले खेती गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : २३ बजे

पाथीभराबारे महतो- लिम्बुवान दिएको भए केबलकार बन्ने थिएन

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्ताको सेयर लिम्बुलाई

पाथीभरा केबलकार विवाद : निर्माण रोके मात्रै आन्दोलित पक्षले सरकारसँग वार्ता गर्ने

काठमाडौं – ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणलाई लिएर देखिएको विवाद

छपेली माझखण्ड केबलकारले ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने

पाटन– प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित

आवासीय चिकित्सकले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने 

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन्

भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली

काठमाडौँ– भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली रहेको एक रिपोर्टले देखाएको