काठमाडौँका यी स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने « Khabarhub

काठमाडौँका यी स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ । 

ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।

यस्तै माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ । आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुन गएकामा क्षमा माग्दै प्राधिकरणले मौसम प्रतिकूल रहेमा ‘सटडाउन’ नहुने जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : ३१ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल