नोबेल मेडिकल कलेज : न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि प्रयोगमा  « Khabarhub

नोबेल मेडिकल कलेज : न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि प्रयोगमा 


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौँ बिरामीको सफल उपचार गरेको छ । 

अत्याधुनिक प्रविधिको प्रयोग गरी न्यूरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया सम्पन्न गरिँदै आएको मेडिकल कलेजले जनाएको छ ।

न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव हुने गर्छ ।

नोबेल मेडिकल कलेजमा वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा.प्रकाश काफ्लेको नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ । उनकाअनुसार न्यूरो इन्ट्राअप्रेटिभ प्रविधिबाट ब्रेन ट्यूमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्यूमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्यूरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ ।

नेपालमै पहिलो पटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध छ । जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ । नेपाल र भारतका हजारौँ बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन् ।

आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्यूरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नोबेल मेडिकल कलेजमा नेपाली कांग्रेसका नेता सांसद डा. सुनिल शर्माको लगानी रहेको छ । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् ।

शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । डा.शर्माले नोबेल मेडिकल कलेजमा भने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क क्याबिन राखेका छन् । साथै, डा. शर्माको काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनतालाई निःशुल्क उपचार हुँदै आएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : ५७ बजे

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख