गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ « Khabarhub

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकसँग अपिल गरेका छन् ।

पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेलगत्तै सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले आम कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएको भन्दै अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैमा अपिल गरेका हुन् ।

‘नेपाली कांग्रेसभित्र हामीले विगतमा पार्टी रुपान्तरणको विषयलाई पैरवी गरिरह्यौँ । हामीले नेतृत्व परिवर्तन र नीति परिवर्तनका विषयहरू निरन्तर उठाइरह्यौँ । आज नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति दुवै परिवर्तन भएको छ,’ उनले भने, ‘हामीले कांग्रेस मात्र परिवर्तन गर्न खोजेको होइन । देशलाई पनि कांग्रेसका माध्यमबाट परिवर्तन गर्न खोजेका हौँ ।”

नेपाली कांग्रेसका साथै मतदाताहरूको चाहनाबमोजिम पार्टी सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको उल्लेख गर्दै पौडेलले भने, “मलाई विश्वास छ देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुनेछ ।’

परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उल्लेख गर्दै उनले देश परिवर्तनका निम्ति यो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास गरे ।

‘जसको नीति त्यसकै नेतृत्व हाम्रो प्रतिबद्धता हो,’ उनले भनेका छन्, “त्यसअनुसार कांग्रेसलाई नीतिगत पक्षबाट बदल्ने, नेतृत्वगत पक्षबाट बदल्ने र दुवै पक्षबाट बदलिएको कांग्रेसले देश बदल्ने अठोटमा यहाँहरूको साथ रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : ४८ बजे

गोरखापत्रकाे महाप्रवन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रवन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल