गण्डकीमा हिउँदे अधिवेशन, १३२ दिनपछि बस्दै प्रदेशसभाको बैठक « Khabarhub

गण्डकीमा हिउँदे अधिवेशन, १३२ दिनपछि बस्दै प्रदेशसभाको बैठक


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा-गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १ सय ३२ दिनपछि सोमबारदेखि सुरु हुँदैछ । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाकेका हुन् । दिउँसो २ बजे बस्ने गरी बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार कार्यसूची पारित गरेको छ ।

प्रदेश सभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि प्रदेश निमामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश मुख्यमन्त्रीले सदनमा टेबल गर्नेछन् ।

अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुने छ । त्यसपछि अर्काे बैठक माघ ३० गतेका लागि डाक्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले गरेको छ । प्रदेश सभाको बर्खे अधिवेशन बजेट पारित गरेसँगै असोज ८ गते अन्त्य भएको थियो ।

प्रदेश सभाका विषयगत समितिमा ३ वटा विधेयक विचाराधीन छन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतर सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा छन् ।

संसद् आह्वान भएपछि प्रदेश सरकारले सदनमा १ अध्यादेश र १ विधेयक दर्ता गराएको छ । गण्डकी प्रदेश निजामती सेवा ऐन संशोधन अध्यादेश प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।

यसअघि उद्योग तथा पर्यटन मन्त्रालयले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माघ १५ मा दर्ता गराएको प्रदेश सभाका उपसचिव प्रेम सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको बताएका छन् ।

यो अधिवेशनमा सरकारले गाँजा खेती, भवन मापदण्ड, मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउने, विद्युत्, चलचित्रसम्बन्धी, जनस्वास्थ्य विधेयक, खानी तथा खनिजजन्य विधेयक, अपांगतासम्बन्धी विधेयक सदनमा लैजाने तयारी गरेको छ । यी विधेयक ड्राफ्ट भइरहे पनि सदनमा भने पुगिसकेका छैनन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  २ : ३७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट