मोर्चा बनाउन तराई-मधेसकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा « Khabarhub

मोर्चा बनाउन तराई-मधेसकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पहलमा तराई-मधेसकेन्द्रित दलले नयाँ मोर्चाबन्दीका लागि छलफल थालेका छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार तराई-मधेसकेन्द्रित ८ दलबीच यसबारे छलफल भइरहेको छ ।

‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि आगामी दिनको रणनीति बनाएर जाने कुरा हुँदैछ । समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारसहित भावी योजनासम्बन्धी महत्त्वपूर्ण छलफलका लागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजक बसिरहेका छौँ,’ सदस्य केशव झाले भने ।

उनका अनुसार जसपाबाट रेणु यादव र इस्तियाक राई , जनमत पार्टीका अब्दुल खान र शरद सिंह यादव, जनता समाजवादी पार्टी नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी र लालवीर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट रामनरेश राय र केशव झा, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : १२ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल