माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू  « Khabarhub

माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू 


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रदेशगत इन्चार्ज तोकेको सचिव राम कार्कीले बताए । 

आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि थिए। तर, उनलाई कुनै प्रदेशगत जिम्मेवारी दिएको छैन । उनलाई पार्टी उपाध्यक्ष बनाउने भनिए पनि सचिवालय बैठकले निर्णय गरेको छैन। 

प्रदेशगत इन्चार्जमा हरिबोल गजुरेललाई कोशी प्रदेशको जिम्मेवारी दिएको छ । मातृका यादवलाई मधेस, हितमान शाक्य बागमती, दिननाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णालीको जिम्मेवारी दिएको छ । यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको जिम्मेवारी दिएको छ । 

विशेष प्रदेशमा जयपुरी घर्ती तोकिएको छ । यस्तै प्रवासमा सार्क समितिमा लक्ष्मण पन्त, राम कार्की युरोप–अमेरिका र ओम शर्मालाई एसिया समितिमा जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : २६ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट