माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू  « Khabarhub

माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू 


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रदेशगत इन्चार्ज तोकेको सचिव राम कार्कीले बताए । 

आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि थिए। तर, उनलाई कुनै प्रदेशगत जिम्मेवारी दिएको छैन । उनलाई पार्टी उपाध्यक्ष बनाउने भनिए पनि सचिवालय बैठकले निर्णय गरेको छैन। 

प्रदेशगत इन्चार्जमा हरिबोल गजुरेललाई कोशी प्रदेशको जिम्मेवारी दिएको छ । मातृका यादवलाई मधेस, हितमान शाक्य बागमती, दिननाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णालीको जिम्मेवारी दिएको छ । यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको जिम्मेवारी दिएको छ । 

विशेष प्रदेशमा जयपुरी घर्ती तोकिएको छ । यस्तै प्रवासमा सार्क समितिमा लक्ष्मण पन्त, राम कार्की युरोप–अमेरिका र ओम शर्मालाई एसिया समितिमा जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : २६ बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा