त्रिवी शिक्षण अस्पतालको निर्देशकमा ४ जनाले दिए आवेदन  « Khabarhub

त्रिवी शिक्षण अस्पतालको निर्देशकमा ४ जनाले दिए आवेदन 


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक बन्न ४ जना चिकित्सकले आवेदन परेको छ ।

रिक्त रहेको निर्देशकको पदका लागि प्राध्यापक डाक्टर सुवास प्रसाद आचार्य, नरमाया थापा, घनश्याम गुरुङ र सहप्राध्यापक डा। गोपाल सेडाईंले आवेदन दिएको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले जनाएको छ । कार्यालयले प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो । डिन कार्यालयले दरखास्त स्वीकृत गर्दै प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको छ ।

डीन कार्यालयको सूचनाअनुसार आउँदो बुधबार ४ जना उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । त्रिविका सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियमको आधारमा कार्यकारी निर्देशकको नियुक्ति हुने जनाइएको छ । सिफारिस समितिको सिफारिसको आधारमा डीनले निर्देशक गर्ने व्यवस्था छ ।

सोही विनियमअनुसार त्रिवि कार्यकारी परिषद्ले प्रा.डा मोहनराज शर्मालाई डीन नियुक्त गरेको थियो। प्रा.डा दिनेश काफ्लेको कार्यकाल पूरा भएपछि निर्देशक नियुक्ति प्रक्रिया थालिएको हो। गुरुङ निमित्त निर्देशकको जिम्मेवारीमा छन् । त्यस्तै, महाराजगन्ज चिकित्सा क्याम्पसको प्रमुखका लागि ५ जना प्रा.डाहरू प्रतिस्पर्धामा हुने भएको छ । 

डीन कार्यालयका अनुसार क्याम्पस प्रमुखका लागि मिनु चौधरी, योगेन्द्रमान शाक्य, रमेशसिंह भण्डारी, सुरेश उप्रेती र संघरत्न बज्राचार्यको आवेदन परेको छ । उनीहरूको प्रस्तुतीकरण र अन्तरवार्ता डीन कार्यालय महाराजगन्जमा आगामी माघ २२ गते मंगलबार हुनेछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : १४ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन